Bardaghat notish

नगर सरकारलाई वाईवास नगर्न सामुदायिक वनहरुलाई आग्रह

565

कृष्ण ढकाल
बर्दघाट–असोज–२१
पारिजात सामुदायिक वन उपभोक्ता समूह,बर्दघाट–४,बर्दघाटको २८ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ । समूहका अध्यक्ष कमानसिंह थापाको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपरासीका वरिष्ठ वन अधिकृत रविन्द्रनाथ चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।
सभामा बोल्दै प्रमुख अतिथि चौधरीले समूहले गरेका कामहरु आफैमा महत्वपूर्ण रहेको बताउदै समूहका गतिविधिहरुलाई परदर्शी र मितब्ययी तरीकाले सम्पादनगर्नका लागि सुझाब दिनु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरपालिकाका वन तथा वातावरण फोकलप्रशन कृष्ण थापा क्षेत्रीले बर्दघाट नगरका कुनै पनि सामुदायिक वनहरु नगरसँग समन्वय,सहकार्य र सहअतित्व विना नै सञ्चालन भैरहको प्रति खेद्ब्यक्त गर्नु भएको थियो । प्रदेश सरकार र संघिय सरकारले प्रदान गरेको ऐन कानुन नमानेर नगर सरकारलाई वाईवास गर्दै वन समूहहरु सञ्चालन भएको भन्दै डिभिजन वन कार्यालय नवलपरासीलाई नियमसँगत रुपमा वन समूहहरुलाई काम गर्ने अनुमति प्रदान गर्न आग्रह गर्नु भएको थियो ।
समूहकी सचिव दिलकुमारी कुँवरको सञ्चालन रहेको कार्यक्रममा समूहका संस्थापक सचिव सिद्धविलास हमाल,पूर्व अध्यक्ष डिलाराम चालीसे,बर्दघाट खानेपानी संस्थाका अध्यक्ष दिपक लम्साल,चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ ,रास्वपाका नगर सभापति प्रकाश रिमाल,नेकपा एमालेका नगर सचिव चोलाकान्त भट्टराई लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
समूहका उपाध्यक्ष राजबहादुर पाण्डेको स्वागत मन्त्रब्यबाट शुरु भएको कार्यक्रममा समूहका अध्यक्ष कमानसिंह थापाले समूहको प्रगति प्रतिवेदन,सचिव दिलकुमारी कुँवरले प्रशासनिक प्रतिवेदन,कोषाध्यक्ष नारायण चौधरीले आर्थिक प्रतिवेदन ,प्रेमबहादुर विश्वकर्माले लेखासमितिको प्रतिवेदन र युवराज पाण्डेले अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार पारिजात सामुदायिक वन उपभोक्ता समूहले आ.ब. २०८२÷०८३ मा ८७ लाख २३ हजार ७ सय २७ रुपैया आम्दानी गरेको छ भने १ करोड ७ लाख ४१ हजार ९ सय २५ रुपैया खर्च गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । जस्मा यो बर्ष समूह २० लाख १८ हजार १ सय ९८ रुपैया घाटामा गएको जनाईएको छ । समूहले यो बर्षको घाटापूर्तिका लागि गत वर्षको बचत रकम ४१ लाख ५७ हजार २ सय ९९ बाट खर्च गरेको समूहका कोषाध्यक्ष नारायण चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
४ हजार ५ सय उपभोक्ता घरधुरी संख्या रहेको पारिजात सामुदायिक वन उपभोक्ता समूहले पटक–पटक आफनो समूहको विद्यान संसोधन गर्ने भने पनि अहिले सम्म समूह स्थापना साल २०५४ कै बिद्यानमा सञ्चालन भएको छ ।
बर्दघाट वडा नं. ४,६,१२ र १३ सहित सरावल को वडा नं. ६ र ७ लाई आफ्नो सेवा क्ष्ँेत्र मानेर सञ्चालनमा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समूहमा यो वर्ष ढलापढा गोलीया काठ ३ हजार ३ सय ४८.५८ क्यूफिट उत्पादन गरेको छ भने १ हजार ३ सय २.६ क्युफिट बिक्रि गरेको र २ हजार ४६.५२ क्युफिट काठ घाटगद्दीमा सुरक्षित स्टक रहेको समूहको अनुगमन समितिले पृष्टि गरेको जनाएको छ । उक्त काठ ४६ लाख ६४ हजार १ सय ३० रुपैया मुल्य बरावरको रहेको र समूहले विगत देखिको असुल गर्नु पर्ने रकमलाई समेत असुली गर्न नसकेको लेखा परिक्षक बिष्णु प्रसाद चापागाईले गरेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरीएको छ ।