Jilla Ban Notis

निर्माण ब्यवसायी संघमा नवीन ज्ञवाली नेतृत्व बिजयी । 

0 20

मुक्ती तिवारि

मंसिर –३०

निर्माण ब्यवसायी संघ पश्चिम् नवलपरासीको अध्यक्षमा नबिन प्रसाद ज्ञवाली आफ्ना प्रतिस्पर्धि रबिन्द्र कुमार पटेलसग ४२ मतान्तरले ज्ञवाली बिजय हुनु भएको हो।ज्ञवालिले ८२ मत प्राप्त गर्नु भएको छ भने उहाका प्रतिस्पर्धी पटेलले ४० मत प्राप्त गर्नु भएको थियो।  ज्ञवालिको नेतृत्वमा १२ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ।जसको प्रथम उपाध्यक्षमा रामज्ञा पान्डे ९७ मत,द्वितीय उपाध्यक्षमा हरि जङ्ग रायमाझी ६४ मत,सचिव कृष्ण पौडेल ७९ मत,कोषाध्यक्ष संचित पाठक ७७ मत सदस्यहरुमा यम प्रसाद भुसाल९दिपक ५७ मत,मिलन प्रसाद श्रेष्ठ ५२ मत,सुवास यादव ८१मत,प्रदिप यादव ५० मत,आलम गिर खाँ ५५ मत र शिव कुमार गुप्ताले ५२ मत प्राप्त गरि निर्वाचित हुनुभएको जानकारी प्राप्त भएको छ।भने सह सचिवमा रबिन्द्र यादव निर्बिरोध निर्वाचित हुनुभएको छ।थप दुई सदस्यहरु मनोनित हुन बाकी रहेका छ्न भने निबर्तमान १ जना अध्यक्ष रहने ब्यवस्था संघको बिधानमा रहेको छ।निर्वाचित कार्यसमिति नवीन ज्ञवालि निकट मानिन्छन।  त्यसैगरी लेखा समिती पनि निर्बिरोध निर्वाचित भएको छ।जसको संयोजकमा हरि प्रसाद यादव सदस्यहरुमा जीवन पौडेल र बिन्देश्वर कुमार गुप्ता रहेका छन।  १४३ जना ब्यवसायी मतदाता रहेकोमा १२८ जनाले मतदान गरेका थिए भने ३ मत बदर भएको छ।  नवनिर्वाचित अध्यक्ष नबिन प्रसाद ज्ञवालीले संघलाई व्यबस्थित, जुझारु,कर्मठ बनाउदैं निर्माण व्यवसायीहरुको कर्तब्य र प्रतिष्ठालाई उच्च बनाउदै गुणस्तरीय बिकास निर्माणका लागि प्रेरित गर्ने, व्यबसायीक दायित्व बोध गराउदैं प्रविधियुक्त संघ बनाउन प्रयत्न गरिने बताउनु भयो।

Leave A Reply

Your email address will not be published.