Jilla Ban Notis

वनदेवी सामुदायिक वन उपभोक्ता समुह सुनवल ३ आसामी टोलको अध्यक्षमा पुनः जय बहादुर पुन अध्यक्ष ।

0 21

रामु भुषाल/कृष्ण ढकाल
सुनवल,मंसीर–२१

बनदेवी सामुदायिक वन उपभोक्ता समुह सुनवल ३ आसामी टोलको छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । समुहका अध्यक्ष जय बहादुर पुनको अध्यक्षता र सुनवल नगरपालिकाका कार्यबहाक नगरप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको हो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष कमल परियारको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले राज्यले बन नितिलाई नियमन गर्ने उदेश्यले बनाएको नियमले सामुदायिक वनहरुलाई चुनौती थपिएको बताउदै राज्यले लिने तीन तहको कर अबैधानिक भएको र सो करलाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो । साथै उहाँले नगरमा वनले खेलेको भुमिका अहम रहेको र सामुदायिक वनहरुसंग सहकार्य गर्दै नगरलाई हरियाली बनाउदै लैजाने समेत बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि महासंघका जिल्ला अध्यक्ष परियारले सामुदायिक वनहरु माथि राज्यले अकुंश लगाउन खोजेको बताउदै त्यसको विरुद्धमा सबै सामुदायिक वनहरु जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महासंघका प्रदेश ननमबर ५ सदस्य एवं सामुदायिक वन महासंघ सुनवल नगर अध्यक्ष दिलिप चापागाई लगाएतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष पुनले यस सामुदायिक वन हस्तान्ँतरण पश्चात पहिलो बर्षमा निकासी गरिएका काठ दाउरा विक्रीबाट सामाजिक कार्यमा लगाई बाकी रकम वनको पश्चिम तर्फको लगभग डेढ किलोमिटर वन क्षेत्रमा तारबार गरि आफ्ना गरिब तथा पिछडिएका समुदायलाई जिविको पार्जनका लागी १२ थान उन्नत जातका बाख्राका पाठी पैचो स्वरुप प्रदान गरिएको बताउनुभयो । सो अवसरमा कोषाध्यक्षको प्रतिबेदन रमेश सिँह कुर्मीले ५ लाख ४७ हजार १ सय ५३ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको कार्यक्रममा समुहको कार्य क्षेत्र रहेको विभिन्न ६ वटा टोलका १० जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो भने सोही टोलमा हरियाली बस्ती विकास योजना अनुसार ६० हजार बराबरको विरुवा सरक्षणका लागी तारबार गर्न तारजाली समेत प्रदाना गरिएको थियो । समुहका सल्लाहकार सदस्य त्रिलोकी थापको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव भुमीकला शर्मा क्षेत्रीले गर्नुभएको थियो । २०६४ सालमा गठन भएको यो वन २०७३ सालमा समुहमा हस्तान्त्ररण भएको वनको करिब ७७ दशमलव २७ हेक्टर क्षेत्रफल रहेको र वनको ५ सय २ घरधुरीका २७ सय ८ उपभोक्ता रहेका छन । सो अवसरमा सम्पन्न अधिबेशनले आगामी ३ बर्षका लागी जय बहादुर पुनको अध्यक्षतामा १३ सदस्यिय नया कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्ष छिपक पासी, सचिव भुमिकला शर्मा क्षेत्री, कोषाध्यक्ष रमेश सिँह कुर्मी, सहसचिव सुनिता चौधरी रहनुभएको छ । भने सदस्यहरुमा गगन बहादुर थापा, रघनश्याम हरिजन, रमा भण्डारी, तुलाराम न्यौपाने लागएत रहनुभएको छ । त्यस्तै अधिबेशनले डोलराज न्यौपानेको समयोजकत्वमा ३ सदस्यिय लेखा समिति चयन गरेको छ । जसको सदस्यहरु त्रिलोकी थापा र सरस्वती परियार रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.