sunwal

बर्दघाट १४ मा महिला हिंसा बिरुद्द अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम

44

मुक्ति तिवारी

बर्दघाट, मंसिर १६
बर्दघाट नगरपालिका वडा न १४ को आयोजनामा सोमबार “समानताको पुस्ता बलात्कार बिरुद्ध एक्यवद्धता“ भन्ने मुल नारासहित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएको छ। कार्यक्रम बर्दघाट नगरपालिका वडा न १४ कि वडा सदस्य बुद्धिमाया सुनार को अध्यक्षता तथा बर्दघाट नगरपालिका उपमेयर मायादेवी पौडेल को प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो। कार्यक्रम मा बोल्दै उप प्रमुख मायादेवी पौडेले राजनितिक,आर्थिक,पारिवारिक र सामाजिक रुपमै पनि सबै क्षेत्रमा महिलाहरुको समान अस्तित्व नरहेको र कुनै न कुनै रुपमा महिलाहरु प्रताडित हुनु पर्ने अवस्था रहेको बताउनु भयो।प्राय सबै ठाउहरुमा महिलाहरु बिभिन्न तवरले शोषित हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य अझै नभएको परिप्रेक्षमा सबै महिला दिदिबहिनीहरु समानताका लागि हिंसा बिरुद्द एकबद्द भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो। उहाले महिलामाथी को सामाजिक दृस्टिकोणमा पुर्ण रुपमा परिवर्तन नआईसकेकाले सामाजिक आर्थिक र घरेलु हिंसा जस्ता हरेक हिंसा विरुद्ध प्रत्येक महिलाले आवाज उठाउनु पर्ने बताउनु भयो।हरेक किसिममा हिंसामा पर्ने महिलारु शोषित मात्रै भएर नबस्न आग्रह गर्दै उपप्रमुख पौडेल ले कहि कतै बाट हिंसा भए सम्बन्धित निकाय वा नगर अन्तर्गतको न्यायिक समितिमा आउन समेत आग्रह गर्नु भयो।यसै बिच उहाले महिला हरुको क्षमता अभिबृद्दिका लागि नगरबाट २०० जना महिला हरुकालागि सवारी चालक तालिम समेत सन्चालन गर्न लागिएको जानकारी दिनुभयो। त्यसैगरी कार्यक्रम मा बोल्दै अन्तरपार्टी महिला सन्जाल नवलपरासी कि अध्यक्ष कमला पराजुलिले महिलाहरुमा जघन्य प्रकारका हिंसा हरु त छन नै “सामान्य सूक्ष्म रुपमा हुने गरेका कयौ हिंसाहरु नगन्य भैसकेको“ औल्याउनु भयो।उहाले समानताले नै हिंसा मुक्त समुन्नत समाज निर्माणको परिकल्पना गर्न सकिनेमा जोड दिनु भयो। त्यसै गरि कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै वडा सदस्यद्वय मन्जु पान्डे र बुद्धिमाया सुनारले
अबको समाजमा हत्या हिंसा बलात्कार र महिला माथी हुने गरेका हरेक दमनहरु कदापी स्विकार्य नहुने धारणा व्यक्त गर्नु भयो।कुनै डर त्रास र सामाजिक र पारिवारिक असहजताका कारण महिलाहरुले हिंसा लुकाउनु पर्ने अवस्था अझै ब्याप्त रहेकाले यस्ता किसिमका अभियान र कार्यक्रमहरुले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो। कार्यक्रममा उपस्थित महिलाहरुबिच चेतना अभिबृद्दिका लागि अन्तरक्रिया गरिनुका साथै अभियानका उदेश्यका बारेमा प्रशिक्षण दिईएको थियो।कार्यक्रम को सहजीकरण महिला अधिकारकर्मी प्राध्यापक सरिता खनालले गर्नु भएको थियो। कार्यक्रम मा वडा सदस्य तथा कार्यपालिका सदस्य ईसा सुनार,अन्तरपार्टी महिला सन्जाल वडा न १४ कि अध्यक्ष कमला भन्डारी,महिला अधिकार मन्च वडा संयोजक ललिता पान्डे लगायत स्थानिय महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो। नवलपरासीमा पनि लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरकारी तथा विभिन्न गैरसरकारी संघ सस्था हरुको आयोजना मा देशैभर लैङ्िगक विभेद र महिला हिंसा सम्बन्धि विभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु सन्चानल भैरहेका छन।