Sarawal sit lahar Notis

डम्बरभार सामुदायिक वन उपभोक्ता समुह सुनवलको साधारणसभा सम्पन्न

0 391

सुनवल,पौष–१४

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मिश्रौलीमा अवस्थित डम्बरभार सामुदायिक वन उपभोक्ता समुहको ६ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । समुहका अध्यक्ष टेकनाथ पराजुलीको अध्यक्षता एवं जिल्ला बन डिभिजन कार्यालय सहायक बन अधिकृत मुसाफिर भगतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका अधिकृत भगतले बैज्ञानिक वन ब्यवस्थापनको अवधारणा, अवसर र चुनौती बारे प्रष्ट पार्दै सामुदायिक बनको ब्यवस्थापन र संरक्षणका लागी उपभोक्ता र स्थानीय सरकार संग समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । सो अवसरमा सुनवल ११ वडा अध्यक्ष देबिलाल डुम्रे, प्रहरी युक्ती तालिम महाबिधालय जर्गाहाका इन्सपेक्टर नवीन पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा सार्वजनिक आधारभुत बिधालय ब्यवस्थापन समितिका अध्यक्ष जगतराम कंडेल, जनशक्ति सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष बिबेल ठाडामगर, बाबा बर्दगोरिया सामुदायिक वन उपभोक्ता समितिका सचिव राजु ढकाल, अधेरी खोला खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष जय बहादुर थापा लगायत आतिथ्यता रहेको थियो । सो अवसरमा बढ्दो जाडो लाई मध्यनजर गर्दै अतिबिपन्न १० घर धुरीका उपभोक्ताको परिवारको लागि एक एक थानको दरले कम्मल समेत वितरण गरिएको थियो । सम्पन्न कार्यक्रममा अध्यक्ष टंकनाथ पराजुलीले आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव दामोदर लामिछानेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । समुहका कोषाध्यक्ष ईन्द्रमणी पाण्डेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन सचीव दामोदर लामिछाने गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.