Jilla Ban Notis

पाणिनि सस्कृत विद्यालयको २२ औं वार्षीक साधारण सभा सम्पन्न् ।

समाज सेवी राम प्रसाद रिजालद्धारा २ लाख सहयोग गर्ने घोषणा

0 36

कार्तिक
२०५५ साल देखि निरन्तर रुपमा संस्कृत शिक्षा अध्यापन गराउदै आएको पाणिनि सस्कृत विद्यालयको २२ औं वार्षीक साधारण सभा विद्यालयकै सभाहल विराटनगर–५,मोरङ्गमा सम्पन्न् भएको थियो ।
सनातन धर्म सेवा समितिका अध्यक्ष शिवदत्त भट्टराईको प्रमुख आतिथ्यता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न् भएको थियो । कार्यक्रममा साहित्यकार दधिराम सुवेदी,प्रा.डा.भेषप्रसाद धमला,डा. सुरेश कुमार शर्मा लगाएतका विभिन्न् समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमु अतिथि शिवदत्त भट्टराईले विगत दुई दशक देखि निरन्तर रुपमा गुरुकुलीय शिक्षा पठन–पाठन गराउदै आएकोमा पाणिनि सस्कृत विद्यालयलाई धन्यवाद प्रकट गर्दै सस्कृतभाषा र संस्कारको जर्गेना गर्नेकाममा निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो । उहांले सस्कृतभाषा र संस्कारको जर्गेना गर्नेकाममा पाणिनि सस्कृत विद्यालयको एकल प्रयासलेमात्र नहुने भएकाले यसमा सबैको आ–आफ्नो क्षेत्रवाट सक्दो सहयोग रहनु पर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा विद्यालयका ध्यान शिक्षक जिवन पौडेलले नेपाल महर्षी वौद्धिक फाउन्डेसनद्धारा संचालीत रुद्राविषेक तथा भावाधिक ज्ञान सम्वन्धित विभिन्न विषय वस्तुहरुका वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यालयको वार्षीक आय ब्यय प्रस्तुत गर्नुका साथै सिवद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो । सोही अवसरमा समाज सेवी राम प्रसाद रिजालले रु २ लाख सहयोग गर्ने घोषणा गर्नु भएको थियो । अहिले पाणिनि सस्कृत विद्यालयमा ३० जना विद्यार्थीहरुले निःशुल्क रुपमा आवासिय भोजन सुविधा सहित गुरुकुलिय सस्कृत शिक्षा लिईरहेका छन् ।

Leave A Reply

Your email address will not be published.