Jilla Ban Notis

परासीवासीलाई छमछमी नचाए हेमन्तले, कारोबार बढ्दै गएपछि व्यवसायी पनि उत्साहित ।

0 39

मोहन पौडेल

परासी, ११ मंसिर

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी राष्ट्रिय स्तरको नवलपरासी औद्योगिक व्यापार मेलामा आर्थिक कारोबार बृृद्धि हुन थालेपछि व्यवसायी उत्साहित भएका छन् । मेलामा राखिएका व्यवसायिक तथा कृषिजन्य स्टलहरुमा कारोबार बृद्धि भईरहेको व्यवसायीहरुले बताएका छन् ।

जाडो मौसम शुरु भएकोले कपडाको व्यापार राम्रो भएको छ । फाईबरका कपडा, बालबालिकाका कपडा, ज्याकेट लगायतका व्यापार बढेको व्यवसायीले बताएका छन् । यसैगरी भान्साका सामान, महिलाले लगाउने जुत्ता, चप्पल, व्याग, सुन्तला लगायतका स्टलहरुमा विक्री बढ्दो अवस्थामा रहेको व्यवसायीको भनाई छ । मेलामा अहिलेसम्म उत्साहजनक रुपमा आर्थिक कारोबार हुनुका साथै दर्शकको सहभागिता पनि उत्साहपूर्ण रहेको मेलाका प्रवक्ता गिरीराज पाण्डेले बताउनुभयो ।

मेलामा आज सुनवल, देवदह, रुपन्देही लगायतका जिल्ला÷नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले पनि अवालेकन गरेका थिए । मेलामा टिकट काटेर आउनेहरुका लागि डाबरको लिची जुस निःशुल्क वितरण गर्ने गरिएको छ । आज पाँच हजार भन्दा बढी पिस लिची जुस वितरण भएको आयोजकले जनाएको छ । मेलामा आजैदेखि माटो परिक्षण पनि शुरु गरिएको छ ।

नवलपरासी उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाको नवौँ दिन आज सांस्कृतिक कार्यक्रम तर्फ पनि विशेष रह्यो । आजबहुचर्चित गायक हेमन्त शर्माका गीतमा परासीवासी छमछमी नाचेका थिए । दर्शकको पटक पटक आग्रह आएपछि हेमन्तले आफ्नो पछिल्लो बहुचर्चित गीत बनमाराले बोलको गीत तीन पटक सम्म गाउनुभएको थियो ।

यसैगरी उहाँले आफ्ना अन्य चर्चित गीतहरु गाउँदा मेलामा उपस्थित जनप्रतिनिधि, सामाजिक संघ संस्थाका व्यक्तिहरु त्था मुस्लिम, मधेसी, पहाडि सवै समुदायका व्यक्तिहरुले नाचेर साथ दिएका थिए । आजै चर्चित हांस्यकलाकार एवं गायक पुरुषोत्तम भण्डारी अर्थात पुर्खे बा को ठट्यौली प्रस्तुतिले मेलालाई थप रोचक बनाएको थियो । आजै भोजपुरी क्षेत्रका चर्चित गायक राजा भोजपुरिया, लोकगायक भरत क्षेत्री, मेलोडि गायक रमेश श्रेष्ठ लगायतको पनि बेजोड प्रस्तुति रहेको थियो । ्

भोली दशौँ दिनमा बहुचर्चित नेपाली आधुनिक गायक प्रमोद खरेल, हांस्य कलाकार महादेव त्रिपाठी, रवि कुमार रिमाल, राजकुमार श्रेष्ठ लगायतको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक तारा आचार्यले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.