Sarawal sit lahar Notis

सहिद दुर्गा बसन्त स्मृति भव्य रुपमा मनाईने ।

0 30

सिद्धिचरण भट्टराई
देवदह, मंसीर ११
सहिद दुर्गा तिवारी र बसन्त पौडेल बलुको स्मृतिमा स्थापित प्रतिष्ठानले पुस ४ गते र २१ गते सम्म विभिन्न कार्यक्रमका साथ कार्यक्रम गर्ने तयारी गरेको छ । प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भटराईको अध्यक्षतामा बसेको प्रतिष्ठानको दोश्रो बैठकले पुस ४ गते दुर्गातिवारी स्मृति समारोह आयोजना गर्ने, २१ गते बसन्त पौडेल स्मृति समारोह आयोजन ागर्ने, सो दिवसमै दुर्गा बसन्त स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । यसैगरी विभिन्न खेलकुद प्रतियोगिता, साहित्यीक कार्यक्रम, दिपप्रज्वलन जस्ता कार्यक्रमको पनि तयारी गरेको छ । यसैगरी देवदहमा स्थापित विभिन्न संघ संस्थाहरुलाई सहिद दुर्गा बसन्त स्मृतीमा रचनात्मक क्रियाकलापहरु आयोजना गर्न पनि अनुरोध गरेको छ ।
वैठकले स्मृति दिवस भव्य रुपमा मनाउन कोषाध्यक्ष दिपक चापागाईको संयोजकत्वमा ५ सदस्यीय खेलकुद विभाग गठन गरेको छ । जसमा सहसंयोजक बन्धु कुमाल, सदस्यहरुमा दीपेश विक्रम मल्ल, सागर भटराई र गोपाल पाण्डे रहनु भएको छ ।  यसैगरी गणेश डुम्रेको संयोजकत्वमा ५ सदस्यीय प्रकाशन विभाग गठन गरेको छ । जसमा सह संयोजक दिपेश विक्रम मल्ल, सदस्यहरुमा दीपक पाण्डे, यज्ञ न्यौपाने दिपक, लक्ष्मण न्यौपाने रहनु भएको छ ।
बैठकले सदस्यता विस्तारका लागि गुमान सिहँ कुवरको संयोजकत्वमा पिताम्बर खरेल, दीपक चापागाई रहेको समिती बनाएको छ । बैठकले कार्यलय व्यवस्थापनका लागि दुर्गा बसन्तका संरक्षकहरु चक्र तिवारी र निलकण्ठ पौडेललाई अनुरोध गरेको छ । बैठकलाई वडाअध्यक्ष झिल्लु न्यौपाने, नेकपा कार्यलय सदस्य हिरा थापा, संरक्षक चक्रपाणाी तिवारी ले सम्बोधन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.