Sarawal sit lahar Notis

विरामी छोरा अमृत आचार्यलाई विस्तारामा छोडेर जनगायक शर्मा नवलपरासीको सुनवल मेलामा ।

जिवन शर्माले जेष्ठनागरीक,प्रिती आले र दुर्गेस थापाले युवालाई उफारे सुनवलको मेलामा ।

0 32

कृष्ण ढकाल/रामु भुषाल

सुनवल,मंसीर–९

पश्चिम नवलपरासीको सुनवलमा जारी प्रादेशिक औद्योगीक व्यापार मेला सोमवार ५ औं दिनमा सबै भन्दा बढी प्रभावकारी भएको थियो । कलाकारहरु जिवन शर्मा प्रिति आले र दुर्गेस लगाएत राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दर्शकलाई मज्जाले नचाएका थिए । छोड छोड विस्तारबाद नेपाल भुमि छोड, भारतिय सेनाहरु कालापानी छोड भन्ने गित जब जनगायक जिवन शर्माले गाए त्यसपछि दर्शकको तालि र सर्मथनसंगै मेलाको माहोल निकै तातेको थियो भने राष्ट्रीयताको भाव निकै झल्कीएको थियो । गायक जिवन शर्माले आफ्ना गितहरु छोड छोड विस्तारबाद नेपाल भुमि छोड, चाहिदैन मलाई शिसाको महल, सिमली छायामा वसी लगाएतका प्रगतिशिल गितहरुबाट मेला अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । विरामी छोरा अमृत आचार्यलाई विस्तारामा छोडेर जनगायक शर्मा नवलपरासीको सुनवल मेलामा आएका हुने । २९ वर्षीय छोराको पेटको पाचन प्रणाीमा समस्या भएर हस्पताल लगेका शर्माले गत कार्तिकमा छोराको पहिलो अप्रेसन गरी मुख्य अप्रेसनका लागि यहि १७ गते टिचीगं अस्पतालमा लैजाने तयारीमा रहेका छन । त्यस्तै मेलामा चर्चित गायक तथा मोडेल दुर्गेश थापा र प्रिति आले को प्रस्तुतिले मेलाको माहोल निकै तातेको थियो । त्यस्तै कमल नारायणीको नृत्यले मेला अवलोकनकर्ताहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो । मेला उद्घाटन पछि लगातार मेला अवलोकनकर्ताको उत्साहाजनक उपस्थीतिले आयेजक संस्था  उद्योग बाणिज्य संघ सुनवल निकै उत्साहित भएको अयोजक संस्थाका अध्यक्ष रमेश कर्माचर्याले बताउनुभयो । पाचौं दिन सम्म आइपुग्दा निरन्तर दर्शकहरुको मन जित्न सफल भएको र मेला अवधिभर यसै गरि साथको अपेक्षा राखेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खलेलले बताउनुभयो । मेलामा व्यापक प्रचार प्रसार र व्यावस्थापनले दर्शकहरुको मन जित्न सफल भएको र मेलामा लामा १२ गते देखि खुल्ला उपमेयर कप भलिबल प्रतियोगीता हुने र मेलामा विभिन्न जनजाति, भाषाभाषि, डाइनोसर पार्क, बाल उधान र कृषीका स्टलहरुले समेत दर्शकलाई आकर्षण गराएको प्रचार प्रसार संयोजक तथा संघका महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो ।निरन्तर दर्शकहरुको साथ पाएको व्यापार मेलामा आज पाचौं दिन पनि उत्तिकै साथ पाएको टिकट व्यावस्थापन समिति तथा संघका कोषाध्यक्ष कोषाध्यक्ष हुमानाथ न्यौपानेले जानकारी दिनुभयो । पाँचौ दिन ७ हजार ५ सय भन्दा बढिले मेला अवलोकन गरेको कोषाध्क्ष न्यौपानेले बताए । मेलामा विभिन्न आमा समुह , महिला समुहहरुको पनि उत्तिकै सहभागिता रहेको छ । मेला अवधिभर यसै गरि साथ पाइरहेने विश्वाश गरेको महिला परिचालन समिति संयोजक तथा संघका सदस्य विण्णु पाण्डे पुरीले बताउनुभयो । त्यसैगरि मंगलाबर छौटौं दिन उद्योग बाणिज्य संघ सुनवल र जिल्ला भलिवल संघ विच मैत्रिपुर्ण भलिवल प्रतियोगीता हुने खेलकुद व्यावस्थापन समिति संयोजक चुरामणी गैरेले बताउनुभयो । लगातार दर्शकको माया र साथ पाएको प्रादेशिक औद्योगीक व्यापार मेलाको छौटौं दिनको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार प्रकाश सपुत, सम्झना लामिछाने मगर, दिपु मगर लागाएतको प्रस्तुति रहने सास्कृति समिति संयाजक तथा संघका सदस्य रमेश पराजुलिले बताउनुभयो । त्यस्तै मेलामा स्थानिय स्तरका विद्यालयहरुमा रहेका विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक नृत्य प्रस्तुत गरिएको छ भने प्रदेश स्तरीय नृत्य प्रतियोगीता समेत संचालन भैरहेको संस्कृतिक संयोजक पराजुलिले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.