Sarawal sit lahar Notis

किसानलाई ९ भैँसी २ राँगो वितरण ।

0 64

राजेन्द्र न्यौपाने
गोरखा, ९ मंसीर  आरुघाट गाउँपालिकाले गाउँपालिका भित्र रहेका गरिव किसानहरुका लागि ९ वटा भैंसी र २ वटा राँगो वितरण गरेको छ । पालिकाको पशुसेवा शाखाको वार्षिक विकास कार्यक्रमबाट पहिलो चौमासिक कार्यक्रमको
लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत गाउँपालिकाको अनुदानमा ९ वटा उन्नत जातको दुधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण गरिएको हो । भैंसी हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष पूर्ण दाहालले  कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा विगतका वर्षहरुदेखि नै केही बजेट विनियोजन गर्दै आएको तथा उक्त बजेटको सही सदुपयोग भएको बताए । गरिवीलाई उकास्नका लागि मुलुकमा परिवर्तनमा आएको हो आगामि वर्ष हामी धेरै किसानहरुका लागि भैंसी, राँगो, बाख्रा, व्याड बोका वितरण गर्छौं उनले भने । गाउँपालिकामा दुग्ध उद्योग स्थापना लागि आवश्यक पर्ने वजेट व्यवस्थापन गरिएको र सबै किसान दाजूभाई दिदीबहिनीहरु मेहनतका साथ उत्पादनमा लाग्नुपर्ने उनले बताए । आरुघाट गाउँपालिकामा उत्पादन गर्न सकिने कुनैपनि बस्तु बाहिरबाट आयात गर्न नहुने उनको भनाई छ । यहाँबाट उत्पादन भएका बस्तुहरु अन्य बजारमा पुर्र्याइ त्यस क्षेत्रका नागरिकहरुको माग पूरा गर्नुपर्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.