Sarawal sit lahar Notis

भेट्रान्समा नर बहादुर श्रीष र भुपाल गुरुङको विजयी शुरुवात

0 24

स्वस्तिक श्रेष्ठ
बुटवल, ७ मंसिर

रुपन्देहीमा पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा शनिबारदेखि सुपौली ब्याडमिन्टन कोर्टमा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै मानिसहरुको दैनिकी बदलिरहेको बेला खेल अनिवार्य भएको बताए । विज्ञान प्रविधिको विकासबाट मानिसको ब्यस्तता बढाएको भन्दै उनले दैनिक जिवनमा खेललाई पाटो रुपमा लग्नु अहिलेको आवश्यकता भएको बताए । धेरै देशहरुमा खेलकुद आर्थिक गतिविधिको चालकका रुपमा लिने गरिएको उनले बताए । यसैगरि प्रदेश सरकारको अगुवाईमा गतवर्षदेखि खेलकुद गतिविधि गरेर बढिभन्दा बढी विद्यालयस्तरका खेलाडीहरुलाई अवसर दिने काम भएको बताए ।
कार्यक्रममा प्रदेश न ५ का प्रदेश सभा सदस्य रमा अर्यालले समाजमा रहेका युवाहरुलाई एकतावघ्द गरि सामाजिक काममा अगाडी बढाउने काम समाजमा रहेका क्लबहरुबाट भएको बताईन। सरकारबाट खेलकुदको विकासमा थोरै आर्थिक सहयोगबाट पनि धेरै कामहरु हुने भन्दै पुर्वाधार विकासमा आवश्यक पहल जरुरी रहेको बताईन ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले खेलकुदको क्षेत्रमा नगरपालिकाबाट निरन्तर सम्बोधन भएको बताए । नगरपालिकाबाट नितिगत रुपमा काम अघि बढाएको भन्दै खेलकुद पुर्वाधारलाई जोड दिएर काम भएको उनले बताए । समपुरक कोषमार्फत प्रदेशको २ करोड र नगरपालिकाको २ करोड रुपैया बजेटबाट कोर्ट बनाउने र खेलग्राम विकास अघि बढेको उनले बताए ।
क्लबका अध्यक्ष प्रथ बहादुर पुनले खेलकुदसंगै सामाजिक उत्तरदायित्वमा आफुहरु लागेको बताए । प्रतियोगिताको खुल्लातर्फको उपाधि विजेताले नगद ३५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । उपविजेता टिमले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि तृतिय टिमले नगद १५ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
कार्यक्रममा क्लबका कमल थापाले हरेक प्रतियोगितामार्फत एउटा सन्देश दिने काम गर्दै आएको बताए । यस वर्ष सरकारको पर्यटन विकासमा टेवा दिनेगरि भिजिट नेपाल २०२० र भिजिट लुम्बिनी २०७६ लाई साथ लिएर अघि बढेको उनले बताए । क्लब समाजमा युवा दुब्यसनी विरुद्ध अभियानमा समेत काम गर्दै आएको उनले बताए ।
शनिबार लुम्बिनी स्पोर्ट्स क्लबका राम भण्डारी र भिम पुन तथा मंगलापुर ब्याडमिन्टन क्लबका नर बहादुर श्रीष र भुपाल गुरुङको बिचमा भएको उद्घाटन खेल १२ वर्षिय एम्पायर लेलिन रानाले खेलाएका थिए । उद्घाटन खेल मंगलापुरका नर बहादुर श्रीष र भुपाल गुरुङको जोडीले २–० को सोझो सेटमा जितेका छन । पहिलो सेट मंगलापुरले २१–१३ तथा दोस्रो सेट २१–१७ को अंकले आफ्नो कब्जामा गरेका थिए । प्रतियोगितामा विभिन्न क्लबहरूको ८१ टिमहरुले उपाधि प्रतिस्पर्धा गरेका छन ।

Leave A Reply

Your email address will not be published.