sunwal

माछाको संख्या बढाउन एक लाख भुरा खोलामा

35

भुवन पाण्डे
भैरहवा,मंसिर–५

पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घत्दै गएपछि रुपन्देहीका किसानले तिनाउ खोलामा माछाका भुरा राखेका छन् । विश्व मत्स्य दिवसको अवसर पारेर रौउ र नैनी जातका एक लाख भुरा माछा खोलामा छोडिएको हो । पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्याधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट खोलामा बगाईने फोहोरले खोलाको पानी दुषित बनेको छ । खोलामा प्रदुषण बढेपछि त्यसको असर माछामा देखिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम परियोजना इकाई मत्स्य सुपुर जोनका अधिकृत रमेश जेशवालले बताउँनुभयो । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देही लगायतका संघ सस्थाहरुले बिहिबार पश्चिमअमुवामा ¥याली समेत निकालेका थिए । स्थानिय जनप्रतिनिधि, माछा किसान, व्यवसायी, कर्मचारी, विद्यार्थी र पत्रकार सहितको ¥याली बजार परिक्रमा गरि तिनाउ खोलामा गएर माछाका भुरा राखेको जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिपु भुषालले बताउनुभयो । विसं २०७० सालसम्म रुपन्देहीका दक्षिण भेगका बाजिया, कलवार ठहरे लगायतका जाती तिनाउ नदीकै माछाले जिबिका चलाउँदै आएका थिए । तर अहिले खोलामा माछा कम छन् । “दिनभरी माछा मार्दा पाँच किलोसम्म मार्नेले आजभोली एक किलो बनाउन सक्दैन”,माछा मारेर जीविका चलाउनेले कम्तीमा हामीले राखेको भुराले एक वर्षपछि फेरी सजिलो हुनेछ भनेरै भुरा खोलामा राखेको भुष