Jilla Ban Notis

सुरक्षित ईन्टरनेट दिवसको अवसरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

0 33
समीर परियार
सुनवल,माघ–२६
वेद सृजनशिल संस्थाको आयोजनामा सुनवल नगरपालिका वडा नं. १२ को सभाहलमा ईन्टरनेटको महत्त्व र चुनैती बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महाकवि देवकोटा नुमुना मा.विका दिलिप थापा प्रथम,ज्ञानज्योती मा.विकी समीक्षा पाण्डे दोस्रो, महाकवि देवकोटा मा विका मित्रलाल भण्डारी तेस्रो र जगन्नाथ मा विका जनक चापागाईं सान्त्वना भएको कार्यक्रम संयोजक सुनिल थापा क्षेत्रीले जानकारी दिनु भयो । प्रतियोगितामा ६ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
वेद सृजनशिल संस्थाको कार्यवाहक अध्यक्ष रोशनी रानाको अध्यक्ष र  सुनवल नगरपालिका वडा न १२ का वडाध्यक्ष यमलाल पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न् प्रतियोगितामा निर्णायक संयोजक भोजराज पौडेल रहनु भएको थियो भने निर्णायक सदस्यमा कृष्ण पाण्डे, कला डुम्रे भट्टराई र तुल्सी कुवर रहनु भएको थियो । सुरक्षित ईन्टरनेट दिवसको अवसर पारेर आयोजना गरीएको उक्त प्रतियोगिता कार्यक्रममा वडा सदस्य वल बहादुर थापा, संस्थाका संस्थापक अध्यक्ष कृष्णा पाण्डे,संस्थाका मानार्थ सदस्य भोला पराजुली, रामनगर जेसिस बर्ष २०२० का अध्यक्ष भोजराज पौडेल ,सम्झौता महिला बिकास वहुउद्देश्यिय संहकारी सस्था लि.का संस्थापक अध्यक्ष तथा वेद संजालका सल्लाहकार कला डुम्रे भट्टराई,देवकोटा नमुना मा वि का शिक्षिका तुल्सी कुवर,वेद संजालका पदाधिकारीहरू लगाएतको उपस्थिति रहेको थियो । संस्थाकी सदस्य सृष्टि अधिकारीको स्वागत मन्तव्यवाट शुरुभएको कार्यक्रमको संचालन संजालका सदस्य समीर परियार र मनिस भट्टराईले गर्नु भएके थियो ।
ईन्टरनेटबारे यँहि माघ २८ गते अभिमुखिकरण कार्यक्रम पनि आयोजना गरीने संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले बताउनु भएको छ ।
No Comments
  1. वेद: सञ्जल says

    धन्यवाद गाउँले दर्पण

Cancel Reply

Your email address will not be published.