Bardaghat Na pa

दाउन्नेको बैकल्पिक मार्गलाई बजेट बिनियोज गर्न प्रतिनिधि सभा सदस्य भुसालको माग

484

बर्दघाट,बैशाख–२७
प्रतिनिधि सभा सदस्य सरिता भुसालले दाउन्नेको बैकल्पिक मार्गलाई बजेट बिनियोज गर्न माग गर्नु भएको छ।शुक्रवार संसदको शून्य समयमा बोल्दै सांसद भुसालले बर्दघाट नगरपालिका वडा नम्बर १० को भुताहादेखी आम्बास हुँदै दुम्किबास जोड्ने करिब १५ किलोमीटर सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
दाउन्नेको वैकल्पिक मार्गको रुपमा काम अगाडि बढाएईको भए पनि पर्याप्त बजेट नहुँदा सडक निर्माणले पुर्णता पाउन नसकेको उल्लेख गर्दै सांसद भुसालले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने यो सडकले पहाडी ग्रामीण भेगका नागरिकलाई सडक संजालको पहुँचमा पुर्याउने बताउनु भयो।भुसालले पछिल्लो समय यहाँका सम्स्कायाका बारेमा सदनमा निरन्तर आवाज उठाउदै आईरहनु भएको छ।
दुरिका हिसाबले समेत छोटो र सहजरूपमा दाउन्ने खण्ड पार गर्नका लागि साना सवारीलाई भुताहा, संसारकोट, पटुके, डाँडाँजोर हुँदै दुम्कीबास निस्कन सहज हुने हुँदा यो सडकले पुर्णता पाए उक्त क्षेत्र बर्दघाट नगरपालिकाको हिल्स टुरिजमको रुपमा बिकास हुन सक्छ ।