sunwal

सिमसार संरक्षणका लागि बजेट विनियोजन गर्न सांसद भुसालको माग

472

 

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा रहेका ५२ घोला, चिसापानी, जलदेवी, मुरलीटाँडी लगायतका सिमसार क्षेत्रहरूकाे विकासका लागि सरकारले बजेट विनियोजन गराेस भन्दै सांसद सरिता भुसालले माग गर्नु भएकाे छ ।
सिमसार क्षेत्रहरूको संरक्षण र विकासका लागि सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक बजेट विनियोजन गर्न प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सरिता भुसालले माग गर्नु भएकाे थियाे ।

बर्दघाट नगरपालिकामा रहेका ५२ घोला सिमसार

 

उहाँले नेपाल जैविक विविधताको दृष्टिले विश्‍वमा २५औं र एसियामा ११औं स्थानमा पर्ने उल्लेख गर्दै पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा रहेका ५२ घोला, चिसापानी, जलदेवी, मुरलीटाँडी लगायतका सिमसार क्षेत्रहरू जैविक विविधता र वातावरणीय सन्तुलनका लागि अति महत्त्वपूर्ण रहेको बतानु भएकाे थियाे।

‘यी सिमसारहरूले पानीको स्रोत संरक्षण, जलचर तथा चराचुरुङ्गीको वासस्थान र ग्रामीण पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएका छन्,’ सांसद भुसालले भनिन्, ‘तर उचित संरक्षण र विकास अभावमा यस्ता क्षेत्रहरू अलपत्र अवस्थामा पुगेका छन्। जीवन उपयोगी सिमसारको आवश्यकतालाई महसुस गरी सिमसार विकासका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउँछु’ भन्रदै सरकारकाे ध्यानकेन्द्रित समेत गराउनु भएकाे थियाे ।

सिमसार क्षेत्रहरू स्थानीय बासिन्दाको आयआर्जनमा योगदान पुर्‍याउने स्रोतको रूपमा समेत विकास हुनसक्ने बताउँदै तिनको दीर्घकालीन संरक्षणका लागि सरकारले स्पष्ट नीति ल्याई बजेट सुनिश्चित गर्नुपर्नेमा सांसद भुसालले जोड दिनु भएकाे थियाे।