sunwal

अग्नि नियन्त्रण तथा वन सम्वन्धि एक दिने सचेतना गोष्ठी सम्पन्न

वन संरक्षणसंगै वन अतिक्रमणलाई ध्यान दिन जरुरी छ ः उपभोक्ता

362

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२४
पारिजात सामुदायिक वन उपभोक्ता समूह,बर्दघाट–४ ले अग्नि नियन्त्रण तथा वन सम्वन्धि एक दिने सचेतना गोष्ठी सम्पन्न गरेको छ । बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय, बर्दघाटका प्रमुख बलराम पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठीमा बोल्ने वत्ताहरुले वनमा हुने आग्लागीको नियन्त्रण संगै वन समूहले वन संरक्षण र वन अतिक्रमणलाई समेत ध्यान दिन जरुरी रहेकोमा जोड दिएका थिए ।
राजमार्गसंग जोडीएर रहेको वनक्षेत्रमा ब्यक्ति विषेशले अतिक्रमणगरी घरबनाएको तर त्यस प्रति वन समूह मौन रहेको भन्दै पारिजात सामुदायिक वन उपभोक्ता समूहका परिषद सदस्यहरुले गुनासो गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले वनजंगलमा हुने आगलागिलाई नियन्त्रण गर्न निक्कै कठीन रहेको बताउदै त्यसका लागि दक्षअग्नी नियन्त्रक टोली तैनाथ गर्नु पर्ने र स्थानियवासीहरुले साथदिनु पर्ने बताउनु भएको थियो । त्यसैगरी वनक्षेत्रको खोला सरसफाई कार्यले स्थानिय विकासलाई सहयोग पुग्ने तर ठूलो राष्ट्रिय गौरवका योजनाहरुलाई हात्तिको मुखमा जिरा हुने धारणा राख्नु भएको थियो । अहिले हुनेगरेको वन अतिक्रमणका घट्नाहरु रोक्नका लागि आफ्नो लेवलबाट सम्भव नरहेको समेत प्रष्ट पार्नुभएको थियो ।

टटीय क्षेत्रको सदुपयोग गर्ने वातावरण हुनु पर्ने हैसियत विग्रेको वनलाई उपयोगमा ल्याउन र संरक्षण गर्नु पर्ने,नन्दी भाउजु तालको संरक्षण र प्रवद्धनका विषयमा वन समूहको योजना किलियर हुनु जरुरी रहेको र डम्पिङ्ग साईटको कार्ययोजनाका वारेमा सबैलाई प्रस्ट पार्न वन समूहका परिषद सदस्य राम प्रसाद पौडेलले आग्रह गर्नु भएको थियो ।

त्यसैगरी अर्का परिषद सदस्य गोपाल पाण्डे (शिव)ले वन अतिक्रमण गर्नेकार्य रोक्नका लागि वन समूहले कुनै कार्यविधि वा निर्देशीका बनाएको वा नभएको हो ? कि कस्ले गर्नेहो भन्दै वन समूहलाई प्रश्न गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै समूहकी बिद्यान समिति सदस्य शुशिला देवकोटाले कुनै पनि राष्ट्रिय गौरवका योजनाहरु बिभिन्न नौवटा सुचाङ्कहरु पुरा गरेर मात्र आउछन तर स्थानिय मतभेदका कारण विकासका काम रोकीनु गलत भएको बताउदै विकास विरोधिकार्यहरुलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भएको थियो ।

कार्यक्रममा बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,समूहका विधान लेखन समिति संयोजक गणेश वि.क.परिषद सदस्य सविन पाठक लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।