sunwal

चिसापानी खानेपानीमा अध्यक्षका लागि ४ जनाको उमेदवारी

595

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२७
बर्दघाट वडा नं २ मा रहेको चिसापानी खानेपानी तथा सरसफार्इ मुल उपभोक्ता संस्थाको १४औं वार्षिक साधारणसभा , ९औं अधिवेशन तथा आयोजना हस्तान्तरण कार्यक्रम शनिबार भएको छ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सबै नगरवासीहरुका लागि शुद्ध खानेपानीको पहुँच हुनेगरी नगर अघिबढेको बताउनु भएको छ । उहाँले नगरले एक घर एक धाराको नितिलाई आत्मसाथ गर्दै अघिबढेको र गतवर्ष वडा नं. ४ लाई एक घर एकधारा धोषणा गरी यस पटक वडा नं. ९ लाई घोषणा गर्ने तयारी गरीएको बताउनु भएको छ । नगरका कतिपय खानेपानी संस्थाहरुका लागि खानेपानीका पाईपहरु विस्तारमा समस्या रहेकाले अहिलेको प्रदेशबाट आउने बजेटबाट पाईप विस्तारको समस्या समाधान गर्नेगरी नगर अघिबढेको जानकारी गराउनु भएको थियो ।

चिसापानी खानेपानी तथा सरसफार्इ मुल उपभोक्ता संस्थाका अध्यक्ष मोहन गुरुङको अध्यक्षता र संस्थाका सचिव कमल बस्यालको सञ्चालन रहेको कार्यक्रममा जिसस सदस्य धनिराम चौधरी, वडा अध्यक्ष गणेशबहादुर क्षेत्री ,संस्थाका नि.अध्यक्ष सल्लाहकार धनञ्जय पौडेल,खानेपानी महासंघका जिल्ला अध्यक्ष देविदत्त सापकोटा,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्साल,चिसापानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङ, सूर्यज्योति युवा क्लबका अध्यक्ष राम भण्डारी,समाजसेवी यम बहादुर थापा,टोल विकास समितिका टोपनारायण चौधरी,मिलिजुली आमासमूहकी अध्यक्ष माया पौडेल लगाएतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।

२०५६ सालमा स्थापना भएको चिसापानी खानेपानी तथा सरसफार्इ मुल उपभोक्ता संस्थामा अहिले १ हजार २ सय ५७ धाराहरु जडान भएका छन भने ७ हजार ५ सय ४२ जनाले प्रत्यक्ष उक्त संस्थाको सेवालिईरहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
पूर्वमा चिसापानी ब्लक नं. ७ देखि नयाँवस्ती सम्म पश्चिममा लण्डनव्रीज सम्म र दक्षिणमा बर्दघाट वडा नं. ३ को कर्मैया देखि वडा नं. ११ को गैडाहा सम्म तथा उत्तरमा पूर्व पश्चिम लोकमार्ग सम्मका जनताहरुलाई यो संस्थाले सेवा प्रदान गरेको छ ।
३ वटा डिप बोरिङ्ग, २ सय ५० घन लिटर क्षमताको रफिङ्ग फिल्टर टैकी र २ सय २५ घन लिटरको ओभरहेड टंकी र कोहिली खोलाको मुहानको पानी प्रयोगगरेर आफ्ना उपभोक्ताहरुलाई २४ सैघण्टा सेवा दिईरहेको चिसापानी खानेपानी तथा सरसफार्इ मुल उपभोक्ता संस्थाले अहिले ९औं अधिवेशन गरेर १४ सदस्य नयाँ कार्य समिति चयन गर्न लागेको छ ।

संस्थाको नेतृत्व लिनका लागि ४ जनाले अध्यक्षमा आफ्नो उमेदवारी दिएका छन भने समितिमा जानका लागि टोटल ४२ जनाको उमेदवारी परेको निवार्चन मंडलका संयोजक अधिवक्ता रमेश पौडेलले जानकारी गराउनु भएको छ ।
आज सहमति हुन नसकेपछि जेष्ठ ३ गते निर्वाचन हुने गरी निर्वाचन तालीका सार्वजनीक गरीएको निवार्चन मंडलका संयोजक पौडेलले जानकारी गराउनु भएको छ ।
अध्यक्षका लागि लोकेन्द्र बहादुर पाण्डे,विनिता वि.क.,कमलबहादुर परियार र रामप्रसाद काफ्लेले आफ्नो उमेदवारी दिनु भएको छ ।