Jilla Ban Notis

साहित्य परिषद् नवलपरासीको ३९ औ मासिक घुम्ति साहित्यिक श्रङ्खला सम्पन्न ।

0 20

पुजा लम्साल

सुनवल,माघ ११ 

साहित्य परिषद् नवलपरासीको आयोजनामा ३९ औ मासिक घुम्ति साहित्यिक  श्रङ्खला आज मोतिलाल बहुमखि क्याम्पस भुमहिमा सम्पन्न भएको छ । कार्यक्रममा साहित्य परिषदका अध्यक्ष डा. श्याम न्यौपानेको अध्यक्षता रहेको थियो । सो अवसरमा साहित्यकारहरु राम अधिकारी, चिरन्जीबि पौडेल, यामप्रसाद सापकोटा, सिता प्रसाई, भबिश्वर अधिकारी, राजेन्द्र पन्थि, लगायत दुई दर्जन साहित्यकारले आफ्नो रचना बाचन गर्नुभएको थियो भने अन्य व्यक्तित्वले साहित्यले समाजमा पार्ने सकरात्मक प्रभावको खुलेर प्रशंसा गर्दै साहित्यमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । परिषदको आगामि ४० औं श्रृङखला सुनवल नगरपालिका वडा नं १२मा अवस्थित ज्ञानज्योति एकेडेमिको सभाहलमा सम्पन्न हुने निर्णय गरिएको छ । सोहि अवसरमा परिषदका अध्यक्ष न्यौपानेको ‘समिक्षा कतिपय’ कृति  लुम्बिनि बाङमय परिषद् नवलपरासीको सहकार्यमा बिमोचन गरिने परिषद्का सचिव यामजित मल्लले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.