Jilla Ban Notis

क्षेत्री समाज नवलपरासीले ज्ञपानपत्र बुझायो ।

कालापानी लिपुलेक र सुस्ता भूमि हाम्रो  

1 63

गौरीशंकर जयसवाल

परासी ५ मंसिर

नेपालको भूभाग कालापानी लिपुलेकलगायतका भूमि भारत सरकारले नक्सामा राखेको भन्दै क्षेत्री समाज नवलपरासीले बिरोध जनाएका छन । आज पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालय नवलपरासीको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनी मार्फत ज्ञापनपत्र बुझाएका छन। ज्ञापनपत्र बुझाउँदै भारत सरकारबाट तथाकथित नक्सा राष्ट्रवादी नेपालीलाई मान्य नहुने भन्दै आपत्ति जनाएका हुन । ज्ञापनपत्र बुझाउँदै क्षेत्री समाज नवलपरासीका अध्यक्ष मानबहादुर थापा क्षेत्रीले सरकारले विज्ञप्ति जारी गरेर मात्र बस्नु अस्वभाविक भएको बताउँदै भौगोलिक अखण्डताको रक्षाको लागि यथासीघ्र कूटनीतिक माध्यमबाट वार्ता गरी नेपाली भूभाग भारतीय नक्साबाट हटाउनुपर्ने ज्ञपानपत्र मार्फत माग गरे । उनीहरुले मातृभुमि रक्षा र राष्टिय अखण्डता लागि हामी आम क्षेत्रीहरु जुनसुकै कदम चल्ने उठन पनि पदैनौ भन्ने कुरा स्पष्ट पादै भारत सरकारको यस कदमप्रति घोरनिन्दा भ्रत्सना गदै खेद प्रकट ज्ञापनपत्रमा उल्लेख गरेका छन । कालापानी लिपुलेक र सुस्ता भूमि हाम्रो यो भूमि कसैले कब्जा छ भने क्षेत्री समाज चुप लागेर नबस्ने र त्यसको निम्ती निरन्तर सडर्ष गरिरहेने चेतावनाी समेत दिएको छन । सरकारले वार्ताका लागि ढिलासुस्ती र खुट्टा कमाएमा इतिहासलाई साक्षी राख्दै क्षेत्री समाज नेपालले मातृभूमिको रक्षाको लागि नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै भारतीय विस्तारवादको भत्सर्ना गर्दै अतिक्रमित भूभाग समेटी नेपालको नक्सा प्रकाशित गर्न उनीहरुले माग गरेका छन । ज्ञपानपत्र रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवार, क्षेत्री समाजका मनोज कार्की क्षेत्री लगायतको क्षेत्री समाजका सहभागिता रहेको थियो ।

1 Comment
  1. MaryEdirl says

Reply To MaryEdirl
Cancel Reply

Your email address will not be published.