Jilla Ban Notis

राष्ट्रिय जनगणना सम्वन्धी जिल्ला स्तरीय गोष्ठी सम्पन्न

0 28

रिमाकुमारी ढकाल
चितवन,चैत्र–१२
जिल्ला जनगणना कार्यालय भरतपुर ,चितवनले राष्ट्रिय जनगणना सम्वन्धी जिल्ला स्तरीय गोष्ठी सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।
जिल्ला समवन्वय समितिको हलमा भएको उक्त गोष्ठीमा राष्ट्रिय जनगणना २०७८ बारे चर्चा गरीएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जनगणना २०७८ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न उपस्थित सबैलाई आग्रह गर्नुभएको थियो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी लामिछानेले सबैले सत्य र तथ्य सहितको जानकारी दिएमात्र सहि तथ्याक संकलन हुने भन्दै सबैलाई सचेतना पुर्वक कार्यगर्न आग्रह गर्नुभएको थियो । उहांले देशको विकासका लागि तथ्य र तथ्याङ््क नै जग भएकोले सवैले यसमा सहभागी हुनुपर्ने बताउनुभयो । उहांले गोष्ठीमा उठेका सुझावलाई लिपिवद्ध गरी सबै केन्द्रमा पठाउने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले निष्पक्ष तथ्याङ निकाल्न सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनगणना अधिकृत यज्ञमुर्ति भण्डारीले जनगणनाका गणकहरुले भर्ने फारम र त्यसको उपलब्धिका वारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी राष्ट्रिय जनगणना २०७८ को तयारी र गरीरहेका कार्य सम्पादनका वारेमा जिल्ला जनगणना कार्यालय भरतपुर ,चितवनले गरेका कार्य सम्पादनका वारेमा जानकारी गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.