Jilla Ban Notis

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत अभियान कर्मी भेला आईतबार बर्दघाटमा सम्पन्न ।

0 23

रामु भुषाल
बर्दघाट,मंसीर–२२
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासीको आयोजना र सामुदायिक रेडियो दाउन्ने बर्दघाटको सहकार्यमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत अभियानकर्मी भेला आइतबार चिसापानी सामुदायिक वन प्रागंण बर्दघाट २ मा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष कमल परियारको अध्यक्षता, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर ५ का सचिवालय सदस्य लक्ष्मि बर्तौलाको प्रमुख आतिथ्यता एवं बर्दघाट नगरपालिका वडा नम्बर २ कि वडाध्यक्ष दया दर्लामीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्तौलाले समाजमा घरायसी कुरा भनेर ढाक छोप गर्दै जादा हिंसाले अर्को अपराध निम्ताउदै जाने हुदा घटना घटनु अगावै त्यसको सामाधान र कानुनी प्रकृयाबाट न्याय खोज्न जरुरी रहेको बताउदै कुनै पनि लिगं, जात र आर्थिक अवस्थाका कारणले हुने हिंसा कसैलाई पनि सहन नहुने र कानुनी व्यवस्थालाई परिमार्जन गरेर भए पनि हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । सोहि कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै वडाध्यक्ष दर्लामीले हाम्रा पछिल्ला पिडीहरुलाई असल संस्कार हस्तान्तरण गर्न नसक्दा हाम्रा बालबालिकाहरु हिंसातर्फ उन्मुख हुदै गएको अवस्था रहेको हुदा त्यसलाई न्युनिकरण गर्न उनीहरुलाई घरपरिवारबाटै संस्कार सिकाउनु पर्ने बताउदै हिंसा अन्त्यका लागि बनेका कानुनहरु प्रयाप्त रहेको तर कार्यन्वयनको पाटो फितलो रहेको हुदा राज्यले कानुनलाई गम्भिरता पुर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सुनवल नगर उपाध्यक्ष टिचन गुरुगं, चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुगं, सामुदायिक रेडियो दाउन्नेकी कोषाध्यक्ष कमला शर्मा, स्थानीयबासी देवी माया राना लगाएतले आ आफ्ना अनुभव र मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, जिल्लामा रहेका सामुदायिक वनका प्रतिनिधि, सामुदायिक रेडियो दाउन्नेका कर्मचारी, स्थानीय मिडियाका संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । सामुदायिक रेडियो दाउन्नेका कार्यकारी निर्देशक रामजी लौडारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासंघकी जिल्ला सचिव कमला शर्माले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो दाउन्नेका समाचार सहायक रामु भुसालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.