sunwal

सकारात्मक सन्देश पुर्‍याउन विद्यार्थीहरुको भुमिका महत्वपूर्ण हुन्छ ः प्र.अ.पराजुली

507

कृष्ण ढकाल
बर्दघाट, साउन –२९
विद्यालय तहदेखि नै घर परिवार र समुदायमा शुद्ध तथा गुणस्तरीय खानेपानी र सरसफाइ सम्बन्धी सकारात्मक सन्देश पुर्‍याउन विद्यार्थीहरुको भुमिका महत्वपूर्ण रहने नवजीवन माबी बर्दघाट–४ बाढिपिडीतका प्रद्यानाध्यापक विजयरत्न पराजुलीले बताउनु भएको छ ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था द्वारा गठित खानेपानी सुरक्षा योजना टोलिले आयोजना गरेको विद्यार्थी लक्षित सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तरक्रिया एवं सचेतना कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।

विद्यालय तहदेखि नै खानेपानी र सरसफाइ सम्बन्धी ज्ञान र चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिदै जानेहो भने समाजमा शुद्ध पानीको महत्त्व र सरसफाइको सकारात्मक सन्देश पुर्‍याउन सकिने भएकाले कुनै पनि सचेतनाका अभियानहरुमा विद्यार्थीहरूको भुमिका महत्वपूर्ण रहने प्रद्यानाध्यापक पराजुलीको भनाइ रहेको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष कमल थापाको अध्यक्षता र नवजीवन मा.बी बर्दघाट–४ बाढिपिडीतका प्रद्यानाध्यापक विजयरत्न पराजुलीको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी लक्षीत कार्यक्रममा बोल्दै कार्यक्रमका विषेश अतिथि एवं बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले संस्थाका वारेमा राखिएका जिज्ञासाहरुको जवाफ दिनु भएको थियो । उहाँले पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह समेत गर्नु भयो।

बर्दघाट खानेपानी संस्थाले वितरण गरेको खानेपानीको अवस्था र गुणस्तरीयतासँगै सेवाका वारेमा संस्थाका कार्यालय साहायक प्रमोद अर्यालले जानकारी गराउनु भएको उक्त कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष कमल थापाले खानेपानीको स्रोत संरक्षणदेखि उपभोक्ताको धारासम्म सुरक्षित पानी पुर्‍याउँदा ध्यान दिनुपर्ने सावधानीका बारेमा जानकारी गराउनु भएको थियो ।

बर्दघाट(४ बाढीपीडित स्थित नवजीवन मावि र मनकामना इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल तारा प्रसाद पन्त ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल लगाएतले सहभागि बिद्यार्थीहरुले आफ्नो समुदायमा खानेपानी र सरसफाइ सम्बन्धी सकारात्मक सन्देश पुर्‍याउन आग्रह गर्नु भएको थियो ।