sunwal

राष्ट्रिय युवासंघ नेपाल नवलपरासीकोे शपथ ग्रहण भोली हुने ।

208

बर्दघाट,असोज–२३
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि नवलपरासी र स्थानिय कमिटिका संयोजक एवं सह–संयोजकहरुको शपथ ग्रहण कार्यक्रम भोलि बर्दघाटमा हुदै छ । भोली हुने शपथ ग्रहण कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्न नेकपाका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश सह–ईन्चार्ज एवं लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री बैजनाथ चौधरी आउने कार्यक्रम तय गरीएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि नवलपरासीका संयोजक युवराज डुम्रेले जानकारी गराउनु भएको छ ।
बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा हुने शपथ ग्रहण कार्यक्रम विहान ११ .३० बजे वाट शुरु गर्ने गरी तयारी गरीएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि नवलपरासीका सह संयोजक दिपक रानाले बताउनु भएको छ ।