Jilla Ban Notis

पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार नवलपरासीमा ।

0 54

कृष्ण ढकाल
परासी,मंसीर–२१
प्रदेश नं ५ का विभिन्न जिल्लाको धार्मिक पिठहरुको पुर्जापाठको कार्यक्रम बनाएर निस्कनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार नवलपरासी आईपुग्नु भएको छ । उहांले शनिवार नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ रहेको पाल्ही भगवती मन्दिरमा धार्मिक बिधी अनुसार पूजा अर्चना गरी आफ्ना शुभेच्क्षुकहरुसंग भेटघाट समेत गर्नु भएको अभिन्नद समारोह मुल समितीका संयोजक ओम बहादुर सिंहले बताउनु भएको छ ।
पूर्व राजा ज्ञानेन्द्रले पाल्ही भगवती मन्दिरमा पूर्जा अर्चना गरेपछि केहिवेर आफ्ना शुभेच्क्षुकहरुसंग भेटघाट समेत गर्नु भएको थियो । सो अवसरमा सम्बोधन गदै पूर्वराजा शाहले सबै हामी नेपालीहरु हो ,हामी सबै एकजुट भएर आगडि बढनु पर्छ भनी सम्वोधन गर्नु भएको थियो । पूर्वराजाको स्वगतमा जिल्लाका विभिन्न स्थानवाट जनसहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.