sunwal

सरावलमा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण

143

उमेश बि.क

सरावल,९ असार

नवलपरासीको सरावल गाउँपालिकाद्वारा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । किसानहरुलाई कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण हस्तान्तरण गरेको हो । निजि तथा ब्यवसायिक फमकाे लागि उपकरण खरिदमा ५० प्रतिशत अनुदान बापत ५ अाेटा चाप कटर (चारा काट्ने मेसिन) सरावल १ बासाकाे कैलाश यादव ,वडा नं.२ मनरीका रमेश यादव , वडा नं. ४ गाेबरहियाकि दुर्गावति यादव ,वडा नं.६ गडाैरीकाे सुरेश यादव तथा वडा नं. ६ पुसाैलिका उमेश गुप्तालाई प्रदान गरिएको हाे । र २ ब्रस कटर वडा नं. २ मनरीका जगदिश यादव ,वडा नं. ४ ललितपुरका इन्दल यादव हस्तान्तरण गरिएको हाे। ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल एवम् पशुसेवा प्राबिधिक यम अर्यालकाे सहभागीतामा हस्तान्तरण गरिएको हाे ।