sunwal

कृष्ण लाइफ बर्दघाटले हर्षोउल्लासका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने

554

कृष्ण ढकाल
बर्दघाट,साउन–१८

कृष्ण लाइफ बर्दघाटले आगामी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीलाई हर्षोउल्लास र भक्तिभावका साथ भव्य उत्सवका रुपमा मनाउने भएको छ। बिहान ७ बजे देखि मध्यरात १२ बजेसम्म निरन्तर आध्यात्मिक कार्यक्रम , भजन किर्तन ,प्रवचन ,नाटक तथा सांस्कृतिक कार्यक्रम समेत गरेर श्रीकृष्ण जन्माष्टमी मनाउने योजना तय गरीएको कृष्ण लाइफ बर्दघाटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

बर्दघाट प्रेस क्लबको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका सिद्ध स्वरुप दास ब्रह्मचारीले जानकारी गराउनु भएको थियो । भक्ति सिद्धान्त दास ब्रह्मचारी अर्थात नेपालका हरेकृष्ण आन्दोलनका प्रवर्धक प्रभुपातकी र सिद्ध स्वरूप दास स्वामी दास ब्रह्मचारीले सनातन धर्मको रक्षा र प्रवर्द्धन तथा भगवान श्रीकृष्णका बारेमा प्रवचन दिने कार्यक्रम रहेको जानकारी गराइएको थियो ।

हरेक कृष्ण महामन्त्रको प्रचार गर्ने र युवाहरुलाई सनातन संस्कृति र आध्यात्मिकसँग जोड्दै हरेक कृष्ण महामन्त्रको प्रचार गर्ने लक्ष्य सहित अघि बढेको बताउदै श्रीकृष्ण जन्माष्टमीलाई हर्षोउल्लासका साथ मनाउने कार्यक्रममा सबैलाई सहभागिहुन आग्रह समेत गरेको छ ।

भदौ १९ गते गरिने श्रीकृष्ण जन्माष्टमी विशेष पर्वमा १० लाख जति रकम सङ्कलन गर्ने र ६ लाख बढी खर्च हुने अनुमान गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।