sunwal

त्रिनेत्र धाम परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

५ सय ६६ जना सर्वसाधारणले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा लिए

558

कृष्ण ढकाल
बर्दघाट,साउन–१६
​बर्दघाट नगरपालिका वडा नं. ७,जिमिरेभारमा रहेको त्रिनेत्र धाम परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल नामक संस्थाको आर्थिक सहयोग र त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरीएको हो ।
विहान ८ बजे देखि शुरु भएको उक्त शिविरमा ५ सय ६६ जना सर्वसाधारणले सेवा लिएको त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चिरञ्जीवी सुवेदीले जानकारी गराउनु भएको छ । बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिवरको समुदघाटन गर्नु भएको थियो ।


विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य शिविरमा ​भिडियो एक्स(रे तथा अल्ट्रासाउण्ड ,​ईसीजी ९भ्ऋन्० र प्रयोगशालामा सुगर परीक्षण, ​दन्त परीक्षण तथा उपचार ​,बालरोग, स्त्रीरोग, हाडजोर्नी एवम् नाक(कान(घाँटी रोगसम्बन्धी विशेषज्ञ सेवा ​प्रदान गरिनुका साथै बिरामीहरूलाई निःशुल्क औषधीको समेत ब्यवस्था रहेको ​भैरहवा मेडिकल कलेजका सूचना अधिकारी तेज कुमार केसी जानकारी गराउनु भएको छ । शिविरमा आएका कुनै पनि विरामीहरुले थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा आउदा शिविरको कार्ड देखाएमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने समेत बताउनु भयो ।

५ सय ६६ जना सर्वसाधारणले निःशुल्क रुपमा विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा लिइरहदा २ लाख ५० हजार बराबरको औषधी निःशुल्क वितरण गरीएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले बताउनु भएको छ ।

स्वास्थ्य शिविरलाई सफल बनाउन जिमिरेभार बजार विकास समिति,त्रिनेत्र बुद्धमंगल योग समिति,बर्दघाट नगरपालिका लगाएतका संघ संस्था तथा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गरेको अध्यक्ष सुवेदीको भनाइ छ ।