sunwal

सरावल गाउँकमिटिको एकता बैठक सम्पन्न

516

कृष्ण ढकाल
बर्दघाट,साउन–१९
नेपाली कम्युनिष्ट पार्टी ,सरावल गाउँकमिटिको एकता बैठक सम्पन्न गरेको छ । सरावल पालिका संयोजक महेश हरिजनको अध्यक्षता र पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज वृहस्पति अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकले पुनः महेश हरिजनको संयोजकत्वमा २५ सदस्य नेपाली कम्युनिष्ट पार्टी ,सरावल गाउँकमिटि गठन गरेको छ ।


एकता बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चाज भविश्वर तीवारी,प्रहलाद पासी,संघिय निर्वाचन क्षेत्र नं. १ (क) ईन्चार्ज सिन्धु जलेसा बुढाथोकी,जिल्ला सहजीकरण कमिटीका संयोजक डि.बी.थापा लगाएतले बोल्नु भएको थियो ।