Jilla Ban Notis

अस्थाई क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई प्राथमिक मनोसामाजिक परामर्श प्रदान ।

0 33

मुक्ती तिवारी

बर्दघाट,असार ७

ईन्द्रेणी सामाजिक बिकास मञ्चद्वारा सन्चालित सुरक्षित आप्रवासन परियोना [ सामी]ले बर्दघाट १५ स्थित आनन्द आधारभुत बिधालयको अस्थाई क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई प्राथमिक मनोसामाजिक परामर्श प्रदान गरि सहयोग गरेको छ।  कोरोनाको सन्त्रासले आम मानिशहरुको मानशिक स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै विशेषतस्क्वारेन्टाइनमा रहेका नागरिकहरुको आत्मबल कमजोर हुन नदिन र मानशिक रुपमा उनिहरुलाई तन्दुरुस्त राख्नका लागि ईन्द्रेणिद्वारा आईतवार उनिहरुलाई आवश्यक मनोपरामर्श प्रदान गरिएको हो। सस्थाका मनोसामाजिकर्ता तारा सापकोटा र गिता घिमिरेले सहजिकरण गरेका थिए।क्वारेन्टाइनमा रहेका ८ पुरुष,८ महिला र तीन बालबालिका सहित १९ जनालाई परामर्श दिईएको वडा सदस्य मनकाजी परियारले जानकारी दिए। क्वारेन्टाइनमा रहेका नागरिकहरूमा सन्क्रमण भए नभएको चिन्ता मात्रै नभएर उनिहरुमा बिविध किसिमका डर र बाहिरी रुपमा देखिएको परिस्थितिले उनिहरुको मस्तिष्कमा नकारात्मक बिचार उत्पन्न नहोस भन्नका लागि पनि परामर्श उपयोगी हुने मनोसामाजिक कर्ता तारा सापकोटाले बताईन। परामर्श प्रदान गरिए पश्चात् आफुहरुमा रहेका मानशिक स्वास्थ्य सम्बन्धी थुप्रै जिज्ञासाहरु र कौतुहलता मेटिएको क्वारेन्टाइनमा रहेकाहरुले बताए।
कार्यक्रम बर्दघाट नगरपालिका वडा नम्बर १५ को समन्वय तथा ईन्द्रेणी सामाजिक बिकास मंचको आयोजनामा सम्पन्न भएको थियो।कार्यक्रममा वडा सदस्य मनकाजी परियार,ईसा सुनार र क्वारेन्टाइन ब्वस्थापन समितिले सस्था प्रती धन्यवाद ज्ञापन गरे।

Leave A Reply

Your email address will not be published.