Jilla Ban Notis

अनिल कुमार शर्माको राजिनामा नेपाली काग्रेसले गर्यो स्विकृत ।

0 162

गौरीशंकर जयसवाल

परासी,असार –७
रामग्राम नगरपालिका ५ निवासी अनिल कुमार शर्माले नेपाली कंग्रेसका सबै पदहरुबाट राजिनामा दिएको नेपाली काग्रेसले गर्यो स्विकृत गरेको छ । साधारण ,कृयासील सदस्य क्षेत्रिय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि समेत नरहने गरि राजीनामा दिएका हुन । २०४४ साल देखि नेपाली काग्रेसमा आवद्ध रहेका शर्मा लोकतन्त्र स्थापनाका लागि २०४६ सालमा जेल जिवन समेत बिताएका थिए । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्र राज कण्डेलको निकट रहेका शर्मा नेपाली काग्रेसको नगर सदस्य , जिल्ला कार्य समिति सदस्य समेत भएका थिए । केहि वर्ष देखि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्र राज कण्डेल र नेपाली कागे्रस प्रति असन्तुष्ट रहेपछि नेपाली काग्रेस पश्चिम नवलपरासीको साधारण ,कृयासील सदस्य क्षेत्रिय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि समेत नरहने गरि दिएको राजिनामा पार्टीले स्वकृती गरेको पार्टी सचिव बिक्रम यादबले वताएका छन । २०४४ साल देखि नेपाली काग्रेसमा आवद्ध शर्मा रामग्राम नगरपालिकाको वडा नम्वर ५ को वडा सदस्य, सुकुम्वासी समस्या समाधान आयोगको सदस्य बनेका थिए । पार्टीले तत्कालिन जिल्ला बिकास समिति नवलपरासीको १४ नम्बर इलाका सदस्यको समेत उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसबाट असन्तुष्ट भएर राजिनामा दिएका शर्मा आफु तत्काल स्वतन्त्र रुपमा बसी रहने बताएका छन ।

Leave A Reply

Your email address will not be published.