Jilla Ban Notis

खानेपानी सुरक्षा योजना टोलीद्धारा मुहान अवलोकन ।

0 21

बर्दघाट,५ असार
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको खानेपानी सुरक्षा योजना टोलीले मुहान देखि मुख सम्म खानेपानी स्वच्छता कायम गर्न मुहान अवलोकन गरेको छ । संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालको नेतृत्वमा संस्थाका पदाधिकारी र टोलीका सदस्यले मुहान अवलोकन गरेका हुन । अवलोकनपछि आयोजित कार्यक्रममा सहभागी सबैले सुधार गर्नुपर्ने बिषयमा सुझाव राखेका थिए । कार्यक्रममा उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक लम्सालले सुरक्षा टोलीले दिएको सुझाव कार्य समितिमा पेश गरेर कार्यान्वयन गर्ने बताउनुभयो ।
टोलीले खानेपानीले बर्दघाट बजारदेखि करिब ५ किलोमिटर उत्तरतर्फ रहेको चिसापानी एक र दुईको मुहानका साथै टंकी र पाइपहरुको अवस्थाबारे जानकारी लिएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिव धनबहादुर गूरुगले गर्नुभएको थियो । अनुगमनमा संस्थाका पूर्व अध्यक्ष कमान सिं थापा ब्यवस्थापक बिष्णु कुमार भुसाललगायत सहभागी हुनुभएको थियो ।
त्यस्तै संस्थाका अध्यक्ष धातानन्द बस्यालले सुरक्षा योजना टोलीले ल्याएका कार्यक्रमलाई असार नौ गते हुने कार्यसमिति बैठकबाट कार्यक्रम बनाई लागू गर्ने जानकारी दिनुभयो ।
टोलीले असार १२ गते २१ वटा टोल विकास संस्थाका अध्यक्षहरुसंग खानेपानी तथा सरसफाई कार्ययोजना बारे अन्तरक्रिया गर्ने तयारी गरेको छ । संस्थामा नवनिर्वाचित समिति आइसकेपछि योजना टोली बाट भएको यो पहिलो अनुगमन हो ।  टोलीले उपभोक्ताहरुको गुनासोलाई ब्यवस्थित गर्न यसअघि टोल तथा बिषय अनुरुप कार्यबिभाजन समेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.