sunwal

अनेरास्ववियू नवलपरासीद्धारा पार्टि कार्यालय परीसर सरसफाई गरीयो ।

158

परासी ,३० जेठ

नेपाल कम्युनिष्ट पार्टि कार्यालय पश्चिम नवलपरासीको परिसर वरपर फाेहाेर ब्यवस्थापन तथा सरसफाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अनेरास्ववियू नवलपरासीको अायाेजनामा नेकपा पार्टी अध्यक्ष भविश्वर तिवारी (अाजाद ) , नेकपा जिल्ला सदस्य खगेश्वर पन्थि अनेरास्ववियू संयाेजक सुसान्त शर्मा घिमिरे ,सह संयाेजक विशाल गिरी लगायत अनेरास्ववियू जिल्ला सदस्यहरुकाे सहभागितामा फाेहाेर ब्यवस्थापन तथा सरसफाइ गरिएको हाे । सरसफाइ कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा पार्टी अध्यक्ष तिवारी (अाजाद ) ले अनेरास्ववियू नवलपरासीले निकै उत्कृष्ट काम गर्दै अाईरहेकाे र राष्ट्र राष्ट्रियता काे चिन्तन सहित बिद्यार्थीहरुकाे हक अधिकारकाे लागि विभिन्न अभियानमा सहभागी हुदै विभिन्न शैक्षिक मुद्दा बाेक्दै तमाम रचनात्मक काम गरेको बारे प्रशंसा ब्यक्त गर्नु भएको थियाे। फाेहाेर ब्यवस्थापन तथा सरसफाइ कार्यक्रममा नेकपा पार्टी अध्यक्ष भविश्वर तिवारी (अाजाद ) , जिल्ला कमिटी सदस्य खगेश्वर पन्थि लगाएत बिद्यार्थी नेताहरुकाे सहभागीता रहेको अनेरास्ववियू कार्यालय सदस्य निरज पाैडेलले जानकारी दिनुभएको छ !

सरसफाई पछि सामुहिक तस्विर लिदै