sunwal

पखाईको पल

137

अम्विका शर्मा

 

निसासियको मन डरायका आँखा
तिमिलाइ नै खोजीरहेछ
हरपल तिम्रै बाटो कुरिरहेछ !!

न त देख्न सक्छु तिमिलाइ म
न तिमी मलाइ नै
फर्की आउने झिनो आसमा
तिमिलाइ नै यो मन खोजिरहेछ!!!

न त छुन सक्छु तिमिलाइ म
न तिमी मलाइ नै
कोरोनाको कहर पिय झै जहर
बाची आउनी झिनो आसमा
तिमी लाई नै यी नयन पर्खिरहेछ !!!

सुनसान ठाउ, मसाने ती गल्ली
अन्जान गाउँ निसासिदै छौकि
तिम्रो खबर के छ? बिरानो त्यो शहर
परिवार खुसी बनाउनी त्यो रहर
झस्कियको मन भिजेका यी नयन
तिमिलाइ नै खोजिरहेछ
हरपल तिम्रै बाटो कुरिरहेछ!!!

 

झस्किन्छ यो मन घाउ बल्झिने पो हो कि ?
बाकस मा त्यो ज्यान फर्किने पो हो कि ?
साउने त्यो भेलमा बगिने पो हो कि ?
तडपियेरै जीवन सकिने पो हो कि ?
कोरोना को कहर पियझै जहर
फर्की आउनी झिनो आसमा
तिमि लाई नै यी नयन पर्खिरहेछ !
तिम्रै बाटो कुरि रहेछ !!!