sunwal

राहत वितरणको विषयमाआएको जनगुनासो पछि रामग्राम नगरपालिकाका नगर प्रमुख र उप प्रमुखका छुट्टा–छुट्टै विज्ञप्ती ।

110

परासी,चैत्र–२९
राहत वितरणको विषयमा आएको जनगुनासो पछि रामग्राम नगरपालिकाले दोषी माथी कारवाही गर्ने जनाएको छ । नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले एक विज्ञप्ती जारीगरी गुनासोका सम्बन्धमा देखिएका त्रुटि माथि छानविन गरि दोषी माथी कारवाही गरिने विज्ञप्तीमार्फत जानकारी गराउनु भएको छ । राहत वितरणमा कुनै पनि कर्मचारी र जनप्रतिनिधिको व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दे नगरपालीकाले राहत सामाग्रिमा गुणस्तरका सम्बन्धमा उठेका प्रश्न प्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ । त्यसैगरी उता नगर उप–प्रमुख रम्भा कुंवरले पनि एक विज्ञप्ती जारीगरी राहत वितरणका लागि भनिएको खाद्ययवस्तु गुणष्तर हिन रहेको पहिले नै थाहाहुदां हुदै वितरण गरेका कारण समस्या आएको भन्दै सरोकारवाला निकायले छानविन गरि दोषी माथी कारवाही गर्न विज्ञप्तीमार्फत माग गर्नु भएको छ ।