लकडाउनलाई सवैले उच्च सतर्कता र सजगता अपनाउदैँ पूर्ण पालना गर्न नेपाल कम्युनिष्ट पार्टी नवलपरासीको अनुरोध
बर्दघाट,चैत्र,–२४
लकडाउनको मौका छोपि अहिले पनि भारतीय सीमा नाकाबाट लुकिछिपी व्यक्तिहरुको आवागमन तथा तस्करी भईरहेको भन्ने जनगुनासो व्यापक मात्रामा सुनिएकोले यसप्रति गम्भीर भई उच्च सतर्कता र निगरानी गरी सजगता अपनाउन जिल्ला प्रशासन तथा सुरक्षानिकायलाई हार्दिक अनुरोध गर्दछौँ विज्ञप्तीमा भनिएको छ । त्यस्तैगरी कोरोना भाईरस र त्यसबाट जोगिन पार्टी, जनवर्गीय संगठन लगायत सम्पूर्ण पार्टी पंक्ति तथा आम नागरिकलाई सचेत रहन पनि आवाहन गरीएको छ भने लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने श्रमिक वर्ग यतिबेला बेरोजगार भई छाक टार्नसमेत धौधौ भएको अवस्था मा ती वर्गहरुलाई राहतको नाममा विभिन्न व्यक्तिहरुले आफूखुशी राहत बाँडेको र त्यसो गर्दा कसैले पाईरहने कसैले नपाउने स्थिति आएको भन्ने जनगुनासो पनि आएकोले ती मजदुर वर्गलाई स्थानीय तहमार्फत नेपाल सरकारको निर्देशन बमोजिम एकद्धार प्रणालीमा र भीडभाड नहुने गरी राहत उपलब्ध गर्ने गराउने व्यवस्था गर्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउन चाहन्छौँ विज्ञप्तीमा उल्लेख गरीएको छ । त्यसैगरी
अतिविपन्न तथा मजदुर वर्गको दैनिक जीवनयापन सहज बनाउनका लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीले जिल्ला स्तरमा राहत सङ्कलन गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने भएकोले स्थानीय स्तरका पार्टीका नेता, कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्यहरु तथा आम शुभेच्छुक महानुभावनलाई सक्दो आर्थिक सहयोगको व्यवस्था गरी राहत कार्यमा योगदान गर्न समेत आवाहन गरेको छ भने कृषकहरु कृषि कार्यमा व्यस्त हुने समय भएकाले सामाजिक दुरी कायम गरी जिल्ला प्रशासन वा स्थानीय तहको अनुमतिमा कम्बाईन, थ्रेसर लगायतका कृषि औजारको प्रयोग गर्नका लागि अनुरोध गरेको छ ।