sunwal

घरभांडा छुट्गर्न पहल गरीदिन बर्दघाट उद्योग बाणिज्य संघको नगरपालिका समक्ष आग्रह ।

129

कृष्ण ढकाल
बर्दघाट–१२७
कोरोना भाईरसका कारण सरकारले लगाएको लक डाउनले उद्योगी ब्यापारीहरुको ब्यापार ब्यवसाय बन्द भएपछि उनीहरुको घरभांडा छुटगर्नका लागि पहल गरीदिन बर्दघाट उद्योग बाणिज्य संघले बर्दघाट नगरपालिकालाई आग्रह गरेको छ । बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतको टोलीले नगर प्रमुखसमक्ष उक्त आग्रह गर्नु भएको थियो । लक डाउनले आफ्ना उद्योगी ब्यापारीहरुको ब्यापार ब्यवसाय वन्द भएपछि घरभांडा समेत दिन गाहेहुने भएकाले केहि भएपनि छुट् गर्ने ब्यवस्था मिलाउनका लागि संघले नगरपालिका समक्ष प्रस्ताव गरेको  अध्यक्ष न्यौपानेले बताउनु भएको छ । उहांले सके दुई महिनाको नभए एक महिनाको भएपनि छुट गर्ने ब्इवस्था मिलाउन आग्रह गरीएको बताउनु भयो । यो आग्रह भने बजार क्षेत्रका घरधनीहरुका लागि मात्र रहेको बताईएको छ ।