कृष्ण ढकाल
बर्दघाट,असोज–१६
विनयी त्रिवेणी गाउँपालिका–वडा नं.२ नवलपरासी पूर्वको एस मोड (दाउन्ने)मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना परि १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रितभै राजमार्गबाट नालीमा खसेको प्रहरीको भनाइ छ ।
बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु र १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ। घाइतेमध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका यात्रु रहेका छन्।
