Jilla Ban Notis

प्रदेश सरकारले बिपतव्यस्थापन पूर्वतयारीका लागि कार्यबिधी योजना ल्याएको छ ः मन्त्री चौधरी

0 27
गौरीशंकर जयसवाल
परासी १७ फागुन 
प्रदेश नं ५ सरकारका प्रवक्ता एव भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ  चौधरीले  प्रदेश सरकारले  बिपतव्यस्थापन पूर्वतयारीका लागि कार्यबिधी को योजना ल्याएको बताएका छन । उनले भने बिपत आएपनि त्यसको राहत बितरणलाई प्रभावकरी रुपमा प्रदेश सरकारले  राहत बितरण गर्ने योजना अघि सारेको बताए ।   आज  पश्चिम नवलपरासी सुनवल नगरपालिकाको वडानं ९मा  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको दोश्रो जिल्ला बार्षिक साधारण सभालाई सम्बोधन गदै मन्त्री चौधरीले प्राकृतिक प्रकोपको सवालमा सबै मिलेर राहत उद्धारमा जुटानुपर्नेमा सुझाव दिएका थिए । पश्चिम नवलपरासीका नारायणी नदि किनाराका बस्ती अझै पनि बाढिको जोखिममा रहने गरेकाले त्यस्ता बस्तीलाई स्थानान्तरण गरेर क्षति कम गर्न सकिने भएपनि सबै व्यवस्थापन गर्न नसकिएको स्वीकार मन्त्री चौधरीले गरे ।  रेडक्रशले विपद्का बेला खेलेको भुमिकाको प्रशंसा गर्दे उनले रेडक्रशलाई विपदको बेला खडा गर्न स्रोत साधनको उपलब्धता बढाउनुपर्नेमा पनि जोड दिए । स्थानिय तह देखि प्रदेश सरकारले रेडक्रश मार्फतनै विभिन्न प्रकारका विपद्का समयमा सहयोग उपलब्ध गराउदै आएको बताउदै जिल्ला रेडक्रशको भवन पनि जिर्ण भएकाले नयाँ भवनको निर्माण गर्नुपर्ने भन्दै रक्त सञ्चार सेवालाई थप प्रभवाकारी बनाउनुपर्ने बताए  । कार्यक्रममा रामग्राम नगरपालीकाका नगरप्रमुख नरेन्द्र कुमार  गुप्ताले  नगरपालीका मार्फत एउटा एम्बुलेन्स छिट्टै रेडक्रशलाई हस्तान्तरण गर्ने बताए । नगरभित्र रहेका प्रसुति महिलाहरुलाई एबुलेन्सबाट स्वास्थ्य संस्थामै प्रसुती गराउने उदेश्यले रेडक्रसलाई हस्तारन्तरण गर्न लागेको जानकारी दिए ।रेडक्रशका जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदिले रेडक्रशका वर्ष भरिका गतिविधि बारे जानकारी गराएका थिए भने कोषाध्यक्ष रामकुमार गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए  । रेडक्रश सोसाईटिको जिल्ला शाखा अन्र्तगत पश्चिम नवलपरासीका १६ ओटा उपशाखा र ४८  ओटा र्सकलहरु रहेका छन् । विक्रम संवत २०३१ साल जेठ १० गते नवलपरासीमा रेडक्रश सोसाईटिको स्थपना भएको थियो । पछिल्लो समय जिल्ला विभाजन भएपछि पुर्वि र पश्चिम नवलपरासीमा छुट्टाछुट्टै जिल्ला शाखा बनेका छन्  । दुई भागमा शाखाका सम्पत्ति पनि विभाजन गर्नुपरेपछि शाखाको आर्थिक अवस्था कमजोर भएको  सभापति अग्रहरीले बताए । उनको अनुसार अभावका बिच पनि विभिन्न योजनाहरु अगाडी बढाई सेवा भावनलाई प्राथमिकता  दिईएको छ  । जस्मा रामगम नगरपालीका संग समन्वय गरि गोदाम घर यहि आर्थिक वर्ष  भित्र निर्माण सक्ने लक्ष्य लिइएको छ भने सभापति अग्रहरीले उनँकि धर्मपत्नी र आफ्नो नाममा निजि लगानीमा चालु आर्थिक वर्ष भित्रै एउटा एम्बुलेन्स उपलब्ध गराउने पनि  प्रतिवद्धता व्यक्त गरेका थिए  । साधारण सभा स्वाठी उपशाखाको आथिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बर्दघाट नगरपालीकाका मेयर धिरज शर्मा बस्याल, सुनवल नगरपालीकाका उपमेयर दधिराम अर्याल, राजपाका केन्द्रिय सदस्य पुरन चौधरी, स्वतन्त्र राजनैतिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे, प्रभाकर सिंह थापा, टंक कुँवर लगाएतले बोल्लेको रेडक्रसको शाखा अधिकृत मुराली प्रसाद गुप्ताले जानकारी दिए  ।

Leave A Reply

Your email address will not be published.