Jilla Ban Notis

बर्दघाट खानेपानीमा अध्यक्षका उमेदवार मोहन सापकोटाद्धारा उमेदवारी फिर्ता ।

0 18

कृष्ण ढकाल
बर्दघाट,फागुन–७
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटको यहि फागुन १ण् गते हुने निर्वाचनमा अध्यक्षपदका लागी आफ्नो उमेदवारी दिएका मोहन सापकोटाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले सामाजिक र मानवीय जनजीवनसग प्रत्यक्ष जोडिएको खानेपानी जस्तो सस्थामा हुने राजनीतिकरण गर्न नहुने भन्दै आफुले अध्यक्ष पदमा आफ्नो उमेदवारी दिएका थिए । अहिले सस्थाको हितमा सर्वोपरी सबै उपभोक्ताहरुकोे उपस्थिति हुने गरि निर्वाचन प्रक्रिया अघिबढ्ने भएकाले आफुले आफ्नो अध्यक्षपदको उमेदवारी फिर्ता लिएको विज्ञप्ती जारी गरी जानएका छन् । उनले विज्ञप्तीमा भनेका छन्  समग्र उपभोक्ताहरुकोे पक्षमा र हितमा खानेपानी सस्थालाई लैजाने र संस्थामा रचनात्मक आलोचनात्मक र सहयोगि भुमिकामा सधै रहिरहने गरी मैले मेरो अध्यक्षपदको उमेदवारी फिर्ता लिएको छु विज्ञपतीमा भनिएको छ । साथै विज्ञप्तीमा भनिएको छ । चुनावी मैदान मा रहेर एकातिर एउटाले जित्ने र अर्कोले हार्ने निश्चितभएकाले जो जहाँबाट जिते पनि हारे पनि संस्थाको हितको लागि दुवै पक्षले सहकार्यगरी अघिबढ्नका लागि पनि सोही विज्ञप्ती मार्फत सापकोटाले आग्रह गरेका छन् । उनले उपभोक्ताहरुलाई सस्थालाई राजनीतिक गतिविधि भन्दा माथि उठेर काम गर्न सक्ने शिक्षित, जुझारु र सक्षम उम्मेद्बारलाई आफ्नो अमुल्य मत दिई बिजयी गराउनु समेत विज्ञपती मार्फत आग्रह गरेकाछन् ।

Leave A Reply

Your email address will not be published.