sunwal

श्री न्यू लाईफका प्रधानाध्यापक माथी बालिका दुरब्यवहारको आरोप

1,108

सुस्ता,साउन –२९

पश्चिम नवलपरासीको सुस्ता गाऊँपालिका १ मा रहेको श्री न्यू लाईफ ईग्लिस बोडिङ्ग सेकेण्डरी स्कूल, सिंगाहाका प्रधानाध्यापक भरत न्यौपानेद्वारा आफ्नै विद्यालयकी बालिकालाई बालजन्य यौन दुब्र्यबहार गरेको आरोप लागेको छ ।

पिडित बालिकाले यस विषयमा विद्यालयमा आफ्ना सार्थीहरुलाई जानकारी गराएपछि  बुधबार विद्यार्थीहरुले विद्यालयमा विरोध समेत गरेका थिए । सय विषयमा विरोध चर्किदै जान थालेपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेर बोलाएको एक अभिभावक बताउँछन् ।

प्रधानाध्यापक भरत न्यौपानेले विगत ६ महिना देखि विभिन्न प्रलोभन देखाउने र म्यासेजमा गरेका कुराहरु स्कुलमा पनि गर्दै विद्यार्थीलाई मानसिक पिडा दिने तथा आफ्ना यौनजन्य चाहाना प्रकट गर्दै अस्लिल संवाद गरेको गोपिका (नाम परिवर्तित) बताऊँछिन् । उनि भन्छिन्,“रातिमा म्यासेज गर्नुहुन्थ्यो म्यासेजको जवाफ नदिए विद्यालयमा बोलाएर भोलिपल्ट आफ्नो चाहाना व्यक्त गर्दै विभिन्न प्रलोभन देखाऊनुहुन्थ्यो ।”

बालिकाका बुवाले बारम्बार छोरीको फोन नउठ्दा प्रिन्सिपलले आफ्नोमा फोन गर्ने र छोरीसंग कुरा गर्ने गरेको खुलाएका छन । यस विषयमा आफुले थाहापाएपछि विद्यालयमा गएको र यस बारेमा कुरा गरेको उनको भनाई छ ।

उनि भन्छन, मैले शिक्षक जस्तो मान्य ब्यक्ति बुझेर आफ्नो फोन छोरिलाई दिन्थे, उनि भने अस्लिल कृयाकलाप गर्ने उद्देश्यले फोन गर्ने रहेछन । यस विषयमा छोरीले आफुलाई अति भएपछि सुनाएको बताए ।

विद्यालयमा यस विषयले चर्को रुप लिने भएपछि विद्यालय प्रशासनले भने उक्त मोबाईल ह्याक भएको जनाऊदै प्रहरीकार्यालयमा साईबर अपराध संग सम्बन्धित निवेदन दिएको जनाएको छ ।

यस विषयमा साउन २७ गते ईलाका प्रहरी कार्यालय, बेलाटारीमा सामान्य निवेदन परिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राम केसीका अनुसार, बेलाटारीमा सामान्य निवेदन परेपछि सामान्य सोधपुछ गरि न्यौपानेले प्रयोग गर्ने गरेको मोबाईल नियन्त्रण लिएर अनुसन्धान अगाडि बढाईएको छ । प्रहरीले अहिले सम्म जाहेरी भने नपरेको जनाएको छ ।

न्यौपाने र पिडित बालिका विच भएका सम्बादहरु यितवेला सामाजिक सञ्जालमा सार्वजनिक भएकाछन । स्थानियहरु यस अघि पनि विद्यालयमा यस्तै घटना घट्ने गरे पनि गुपचुपमै मिलाउँदै आएको  बताउँदै यो पहिलो घटना नभएको दावी गर्छन् ।