नेपालको सांस्कृतिक पहिचानमा नेवारी सभ्यताको महत्वपूर्ण योगदान छ ः पूर्व कानुन मन्त्री ध्रुव बहादुर प्रद्यान
कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१
नेपालको सांस्कृतिक पहिचानमा नेवारी सभ्यताको महत्वपूर्ण योगदान रहेको नेपाल सरकारका पूर्व कानुन मन्त्री ध्रुव बहादुर प्रद्यानले बताउनु भएको छ । राष्ट्रको महत्वपूर्ण लिपिका रुपमा रहेको रञ्जना लिपि नेवारी समुदायका लागि गर्भको बिषय रहेको मन्त्री प्रद्यानको भनाई रहेको थियो ।
नेपाल सम्वत ११४६ तथा शुभदिपावली को अवसरमा नेवाः देय दवू जिल्ला समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्व मन्त्री प्रद्यानले उक्त कुरा बताउनु भएको हो। साँस्कृतिक रुपमा नेपाल धनी रहेको र नेवारहरु सहनसिलता भएकै कारण विरताको कथासंग नेवारी समुदाय जोडीएको मन्त्री प्रद्यानको भनाई थियो ।
नेपाल सम्वतका प्रवर्तक शङखधर साख्वाको सम्झना गर्दै पश्चिम नवलपरासी जिल्लाको बर्दघाट–२ चिसापानीमा रहेको भिमसेन मन्दिर,चिसापानी परिसरमा आयोजीत कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेवारहरुको धर्म,कला संस्कृति र पहिचानका लागि हरेक स्थानका हुने कार्यक्रमहरुमा नेवारहरुको उल्लेखनीय उपस्थिती हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहाँले नेवार समुदायहरुको भाषा संकटमा पर्न थालेकाले नयाा पुस्तालाई मात्रृभाषा, संस्कार र संस्कृति तर्फ केन्द्रित गर्नु अग्रहजहरुलाई आग्रह गर्नु भएको थियो ।
नेवाः देय दवू जिल्ला अध्यक्ष पूर्णमान श्रेष्ठको अध्यक्षता र पूर्व कानुन मन्त्री ध्रुव बहादुर प्रद्यानको प्रमुख आतिथ्यता र प्रकाश श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा नेवाः देय दवू का केन्द्रिय वरिष्ठ उपाध्यक्ष्ँ वन्दुलाल राज भण्डारी,लुम्बिनी प्रदेश अध्यक्ष बाबुराम श्रेष्ठ ,नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद अध्यक्ष तारा राना लगाएत १२ वटा जिल्लाका नेवार समुदायका अगुवाहरु देखि प्रदेश र केन्द्रिय स्तरका नेवार समुदायका अगुवाहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
सोअवसरमा बोल्ने वक्ताहरुले नेवारहरुको धर्म,कला संस्कृति र पहिचानका वारेमा आ–आफ्ना धारणाहरु राखेका थिए ।