कृष्ण ढकाल
बर्दघाट,असोज–१५
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बर्दघाट–४ स्थित डेभिस स्कुलका बिद्यार्थीले आफ्ना हजुरबा– हजुरआमाहरुलाई सम्मान गरेका छन ।
कक्षा ६ मा पढ्ने बिद्यार्थीहरुले विद्यालयमा नै बिषेश कार्यक्रमको आयोजना गरेर ज्येष्ठ नागरिक दिवस अर्थात ग्रैंडफादर डे मनाएका हुन । डेभिस स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा आयोजना गरीएको उक्त कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुलाई बिद्यार्थीहरुले दोसल्ला ओठाएर रुद्राक्षको मालाले सम्मान गरेका थिए । त्यसैज्येष्ठ नागरिकहरुको मनोरञ्जनका लागि बिद्यार्थीहरुले सांङ्गीतीक भजनकृर्तन प्रस्तुगर्नुका साथै जेष्ठनागरीकहरुलाई तातोआलु खेल समेत खेलाएर मनोरञ्जन प्रदान गरेको कक्षा ६ की शिक्षीका चन्द्रा न्यौपानेले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सीपल सुर्वण न्यौपानेले ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरू सम्मान कार्यक्रम गरेको बताउनु भएको थियो । प्रिन्सीपल न्यौपानेले यसप्रकारका कार्यक्रमहरुले विद्यार्थीहरूले ज्येष्ठ नागरिकका अनुभव, संघर्ष र जीवन भोगाइबारे जानकारी लिन सहयोग पुग्ने भन्दै जेष्ठ नागरीकहरूको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्ने बताउनु भयो । ज्येष्ठ नागरिकको सम्मान र संरक्षण परिवार तथा समाज सबैको साझा जिम्मेवारी भएकोमा समेत प्रिन्सीपल न्यौपानेले जोड दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै डेभिस स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. घनश्याम न्यौपाने परिश्रमीले हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार, मर्यादा र सामाजिक सहभागिताका विषयमा डेभिस स्कुलका बिद्यार्थीहरुले समेत जनचेतना अभिवृद्धि गर्ने काम गरेको भन्दै खुशी ब्यक्त गर्नु भएको थियो । उहाले ज्येष्ठ नागरिकलाई बिद्यार्थीले मात्र नभै सबैले सम्मान गर्ने संस्कारलाई व्यवहारमै लागू गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
