sunwal

टेकगाँउ नेपालद्धारा २ बिद्यार्थीलाई पूर्ण अनुदान सहित छात्रवृत्ति प्रदान

628

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१९
बर्दघाट– २,चिसापानीमा रहेको आइरिस एकेडेमी कक्षा ६ मा अध्ययनरत विधार्थीहरु सागर पौडेल र युनिभर्षल क्यामरीज ई. बोडिङ स्कुल जहदाका विधार्थी दुर्गा फौजदारलाई टेकगाँउ नेपालले पूर्ण अनुदान सहित छात्रवृत्ति प्रदान गरेको छ ।

कक्षा ५ पास गरेर कक्षा ६ मा अध्ययनगर्दै गरेका बिद्यार्थीहरुलाई खुल्ला आवेदन गरी लिखित परिक्षा पासगरेसंगै सागर पौडेल र दुर्गा फौजदारले टेकगाँउ नेपालले प्रदान गर्ने कक्षा १० सम्मको पूर्ण अनुदान सहित छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन ।

टेकगाँउ नेपालले प्रदान गर्ने कक्षा १० सम्मको पूर्ण अनुदान छात्रवृत्ति प्राप्त गर्न यहि बैशाख ५ गते सम्म आवेदन खुल्ला गरीएको थियो । जस्मा बर्दघाट नगरमा सञ्चालीत आइरिस एकेडेमी ,युनिभर्षल क्यामरीज ई. बोडिङ स्कुल र एस आर्मी ई.बो.स्कुलका बिद्यार्थीहरुले अवेदन भरेका थिए ।

आर्थिक विपन्न तथा सिमान्तकृत परिवारका जेहेन्दार तथा अध्ययनशिल बिद्यार्थीहरुबाट छनौट गरी टेकगाँउ नेपालले प्रदान गर्ने २ जना बिद्यार्थीहरुको
पूर्ण अनुदान सहित छात्रवृत्ति प्राप्तका लागि १५ जना बिद्यार्थीहरुको आवेदन परेको थियो ।

छनौटमा नपरेका तर आइरिस एकेडेमीमा अध्ययन गर्ने ३ जना उत्कृष्ट नम्वर प्राप्त गर्ने बिद्यार्थीहरुको प्रोत्सानका लागि विद्यालयले टेकगाँउ नेपालको ब्याग र कप प्रदान गरेको आइरिस एकेडेमीका प्रिन्सीपल शेरबहादुर आचार्यले बताउनु भएको छ ।

टेकगाँउ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा उज्यालो भविश्य छात्रवृत्ति योजना लिएर निरन्तर रुपमा आइरिस एकेडेमीसंग सहकार्यगर्दै अघिबढ्ने गरी पूर्ण अनुदान सहितको छात्रवृत्ति कार्यक्रम अघि बढाएको प्रिन्सीपल आचार्यले जानकारी गराउनु भएको छ ।

कम्प्युटर ल्याब ,विज्ञान प्रयोगशाला तथा पुस्तकालको ब्यवस्था सहित सुन्दर,शान्त र मनोरम वातावरणमा पूर्णतया दण्डरहित शिक्षण सिकाइलाई आत्मसाथगर्दै अघि बढेको आइरिस एकेडेमीले अत्यन्त सुलभ शुल्कमा यातायात सुविधा सहति कमजोर रहेका बिद्यार्थीहरुलाई निःशुल्क अतिरित्त कक्षाको ब्यवस्था गरी पढन–पाठनको ब्यवस्था गरेको जनाएको छ ।