Bardaghat Na pa

अन्तर्राष्ट्रिय जडिबुटी दिवसका अवसरमा रक्तदान तथा बृक्षारोपण ।

163

पप्पु रेग्मी
बर्दघाट,श्रावण–१९
अन्तर्राष्ट्रिय जडिबुटी दिवस तथा बालकृष्ण आचार्यको शुभजन्म दिनको अवसरमा शुक्रवार त्रिनेत्रधाम बर्दघाट – ७ जिमिरेभारमा रक्तदान तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी ॐ पतन्जली योग समिति त्रिनेत्रधाम बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभारको आयोजना र पतन्जली जिल्ला योग समिति नवलपरासी, त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र जिमिरेभार, त्रिनेत्रेश्वर धाम जिमिरेभारको सहयोग तथा जिल्ला रेडक्रस सोसाइटी पश्चिम नवलपरासीको प्राविधिक सहयोगमा जिमिरेभार स्थित त्रिनेत्रधाममा रक्तदान तथा विभिन्न प्रजातिका औषधी युक्त जडिबुटीको बृक्षारोपण गरिएको थियो ।

पतन्जली योग समिति जिल्ला अध्यक्ष नरपति पाण्डेलेसो अवसरमा बोल्दै रोग लागे पछि उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिनका लागि आग्रह गर्नु भएको थियो । उहाँले जडिबुटीहरुको पहिचान गरेर त्यसको सेवन गरेमा स्वस्थ्य रहन सकिने बताउदै, नियमित योगले पनि स्वास्थ्यलाई स्वस्थ्य रहनका लागि उत्तिकै महत्वपूर्ण सहयोग पुर्याउने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा २२ जनाले रक्दान गर्नुभएको त्रिनेत्रेश्वरधामका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो ।
पतन्जली योग समिति जिमिरेभार को अध्यक्ष नरेश पंगेनीकोअध्यक्षता रहेको कार्यक्रमको स्वागत राज कुमारको रहेको थियो भने सञ्चालन पतन्जली योग समिति जिमिरेभारका सचिव प्रकाश श्रेष्ठले गर्नुभएको थियो ।