Jilla Ban Notis

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीको संयोजकमा शुसान्त घिमिरे ।

0 31

कृष्ण ढकाल
बर्दघाट,माघ–३
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीको संयोजकमा शुसान्त घिमिरे चयन हुनु भएको छ । गत पौष २७ र २८ गते काठमाण्डौंमा सम्पन्न् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन एकताको पहिलो बैठकले दिएको कार्यदेश अनुसार शुसान्त घिमिरे नवलपरासीको संयोजकमा चयन हुनुभएको हो । त्यसैगरी सोही बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीको सह–संयोजकमा विशाल गिरीलाई चयन गरेको छ । घिमिरे र गिरी दुबै विद्यार्थी नेताहरु नेकपाका निक्कै क्रियाशिल विद्यार्थी नेताका रुपमा रहेकाले उनीहरुलाई जिल्लाको राजनितिक ईतिहांसमा नेपाली बिद्यार्थी आन्दोलनका अबिचलित योद्धा तथा अब्वल ब्यक्तिहरुका रुपमा लिनेगरीएको छ ।

Leave A Reply

Your email address will not be published.