Jilla Ban Notis

मानव अधिकार तथा शान्ति समाज नवलपरासीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न् ।

0 75

कृष्ण ढकाल
बर्दघाट,बैशाख–११
मानव अधिकार तथा शान्ति समाज नवलपरासीले आज “राष्ट्रिय उत्सव ः लोकतन्त्र दिवस कि जनयुद्ध दिवस ?” भन्ने शिर्षकमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ ।

बर्दघाटमा भएको कार्यक्रमहरुमा शान्ति समाजको केन्द्रिय समितिले तयार गरेको दुई पृष्ठको अवधारणा पत्र जिल्ला सचिव शिव प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो । अवधारणा पत्रमा राज्यमा शान्ति का लागि भएका सतप्रयासहरु,मानव अधिकारको अवस्था,लोकतन्त्र,गणतन्त्र,क्रान्ती,,शान्ति प्रक्रियाका लागि भएका प्रयास,सुशासन,हिंसा र अहिंसा जस्ता विषयबस्तुहरुको अवस्था र प्रभावका वारेमा विस्तृत जानकारी दिने कोसिस गरीएको थियो ।

शान्ति समाज नवलपरासीका जिल्ला अध्यक्ष गणेश न्यौपानेको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानवअधिकार कर्मी,पत्रकार,शिक्षक,बिद्यार्थी लगाएतका शैक्ष्ँिक तथा बौद्धिक क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले अझैपनि देश शान्ति प्रक्रियाको टुङ्गोमा नपुगको बताउदै छिट्टै अहिलेको नेतृत्वले टुङ्गोमा पुर्याउनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । फरक प्रसंगमा नगर प्रमुख श्रेष्ठले अहिले ठुला पार्टीका नेताहरुको वितृष्णाका कारण अहिले जनता नयाँ पार्टीतर्फ आकर्षीत भएको धारणा राख्नु भएको थियो ।

त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब सन्तोष अधिकारीले अहिले सत्तासिन रहेको पार्टी नेकपा माओवादी केन्द्रका नेताले सृजना गरेको द्धान्द्धकालिन समस्यालाई उहाँहरुले नै समाधानगर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

अर्का बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले कुनै पनि सत्तासिन दलहरुले जनमुखि कामहरु गरेमा स्वतह राज्यमा शान्ति र मानव अधिकार स्थापित भएको अनुभव हुने बताउनु भएको थियो भने प्यापसनका केन्द्रिय सचिव सुर्वण न्यौपानेले मानव अधिकारको विषयलाई मजाकको बिषयका रुपमा लिएको धारण राख्नु भएको थियो । उहाँले लोकतन्त्र दिवस र जनयुद्ध दिवस दुबैलाई स्विकार्यहुने विन्दु खोजीनु पर्नेमा जोड दिनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)ले देशमा भएका मानव अधिकार उल्लङ्घनका ठुला समस्याहरु देखाएर पन्छीन भन्दा सरोकारवाला पक्षले आफ्नो स्थानिय स्तरवाट हामीले के गरेऔं र केगर्नु पर्छ भन्नेमा योजना लिएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले जिल्ला स्तरका संघ संस्थाहरुले केन्द्रका भन्दा जिल्लाका समस्या र समाधान तर्फ केन्द्रित हुन आग्रह गर्नु भएको थियो ।

HURPES-TJ-Concept-paper-17-chitra-2079

 

Leave A Reply

Your email address will not be published.