Jilla Ban Notis

प्रगतिशिल महिला समुह सुनवलको दोस्रो बार्षिक साधारण सभा  सम्पन्न

0 63

अमृता सुनार

सुनवल,पुष २८

प्रगतिशिल महिला समुह सुनवल १ सोमनाथ नवलपरासीको दोस्रो बार्षिक साधारण सभा प्रगती बालउधान सोमनाथको सभाहलमा सम्पन्न भएको छ । समुहका अध्यक्ष गोमा आचार्य पौडेलको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी मगरको प्रमुख आतिथ्यतामा कार्यक्म सम्पन्न भएको हो । कार्यक्रममा कार्यपालिका सदस्य शान्ता भन्डारिको बिशिस्ट आतिथ्यता एबम वडा सदस्य मन बहादुर थापा मगरको बिशेष आतिथ्यता तथा सर्वागिण कृषि सहकारी सस्थाका अध्यक्ष खगराज उपाध्याय, प्रगती बाल उधानका अध्यक्ष कृष्ण केसि, मन्दिर अध्यक्ष भिमबहादुर पाण्डे ,महिला उधम व्यबस्थापन समितीका अध्यक्ष मिना पान्डे, यज्ञ प्रसाद शर्मा, लगाएतको आतिथ्यता रहेको थियो ।  सो अवसरमा प्रमुख अतिथी बुढाथोकीले महिला समूहले गरेका गतिविधि र काम प्रति प्रसन्सा गर्दै वडाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै महिला समुहको प्रगती र सफलताको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य शान्ता भन्डारी, वडा सदस्य मन बहादुर थापा मगर, खगराज उपाध्यय, यज्ञ प्रसाद शर्मा लगाएतले मन्तव्य राख्नुभएको थियो । उक्त दोस्रो साधरण सभामा अध्यक्ष गोमा आचार्यले सस्थाको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएकोे थियो भने आर्थिक प्रतिबेदन समुहका कोषाध्यक्ष मन्जु कन्डेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ८४ बर्ष पुगेका ३ जना जेष्ठ अभिभावक प्राबती उपाध्याय, जमुना क्षेत्री र हिरा कुमारी चोखाललाई दोसल्ला ओडाएर सम्मान गरिनुका साथै समुहमा अतुलनीय योगदान गर्ने ५ जना व्यक्तित्वलाई कदर पत्र द्वारा सम्मान गरिएको वडा सदस्य मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ । कार्यक्रममा स्वागत मन्तव्य समुहको उपाध्यक्ष माया काफ्लेले दिनु भएको कार्यक्रम समुहको सचिब रुपा पाठकले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.