Bardaghat notish

हृदेश त्रिपाठी विरुद्ध भ्रमफैलाएको भन्दै चौधरी ग्रुपका कर्मचारी पक्राउ

571

बर्दघाट,मंसीर–१
पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलियाबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हृदेश त्रिपाठी विरुद्ध गलत प्रचारबाजी गरेको भन्दै प्रहरीले एक जना ब्यीक्तलाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा ब्यक्ति सि.जी.कम्पनीमा कार्यरत रहेको बुझिएको छ ।
बर्दघाट १ मोतिबस्ती बस्ने कृष्ण बहादुर रानालाई त्रिपाठी विरुद्ध प्रचार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले मोटरसाईकलमा बालकको प्रयोग गरी हृदेश त्रिपाठीलाई मतदाताका १४ प्रश्न भन्ने बुकलेट टाईपको पर्चा बाड्दै हिडेको अवस्थामा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। सि.जी. कम्पनीको ‘असिस्टेन्ट सुपरभाइजर’ लेखिएको परिचय रहेका ती ब्यक्तिलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।