Jilla Ban Notis

चिसापानी अस्पताल प्रदेश कै नम्वर वानमा पर्नसफल ( यस्ताछन आधार )

0 88

कृष्ण ढकाल
बर्दघाट,साउन–२०
बर्दघाट नगरपालिका वडा नम्वर २ चिसापानीमा रहेको चिसापानी अस्पताल लुम्बिनी प्रदेश कै नम्वर वान अस्पतालमा पर्न सफल भएको छ ।
आज बर्दघाटमा भएको न्यूनतम सेवा मानक कार्यान्वयन कार्यक्रमका क्रममा प्रस्तुत गरीएको सुचाङ्कका आधारमा चिसापानी अस्पताल प्रदेशकै नम्वर वान अस्पतालमा पर्न गएको हो ।
न्यूनतम सेवा मानक (MSS) गुणस्तर सुधारको लागि तयारी उपकरण अन्र्तगत चौथो चरणको प्राथमिक, फलोअप कार्यक्रम अन्तर्गत चिसापानी अस्पताललाई अनुगमन टोली सदस्यहरूका सदस्यहरुले टोटल स्कोर पोईन्टमा ७ सय ६१ अंक अथार्त ५८ प्रतिशत प्राप्त गर्न सफल भएकाले प्रदेशमा नै नम्वर वान भएको बताएका थिए ।

त्यसैगरी ४४ प्रतिशत अंक ल्याएर शिवराज अस्पताल दोस्रो र ३८ प्रतिशत अंक ल्याएर पिपरा अस्पताल तेस्रो भएको तथ्याङ्क टोलीले आज चिसापानीमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरेको विवरण गाउँले दर्पण अनलाईलले प्राप्त गरेको हो ।
अस्पताल अनुगमन टोलीमा डा किशोर बञ्जाडे(स्रोत व्यक्ति, स्वास्थ्य निर्देशनालय,कौशल भण्डारी एमएसएस फोकल पर्सन, स्वास्थ्य निर्देशनालय, विमल चन्द्र पुन – (NSI) डा पवन अग्रहरी र चिसापानी अस्पतालको टोली सहि बर्दघघाट नगरपालिकाका जनप्रतिनिधिहरु उक्त स्कोरटिममा रहेको बुझिएको छ ।

१५ शैयाको अनुमति प्राप्त चिसापानी अस्पतालमा अहिले ४० जना जनशक्ति रहेको छ । २८ जनाको दरवन्दी रहेको उक्त अस्पतालमा अहिले १५ जना मात्र कर्मचारी रहेका छन त्यसैमा पनि १ जना अध्ययन विदामा रहेका छन । त्यस वाहेर अरु सबै स्थानिय पहुचका आधारमा दैनिक ज्यालादारी र वार्षीक करार सेवा भर्ना गरेर काममा खटाईएको छ ।

दैनिक सरदर १ सय विरामीहरुको उपचार गर्ने गरेको चिसापानी अस्पतालले करिव २० हजारको हाराहारीमा दैनिक नगद प्रभुबैकमा जम्मा गर्ने गरेको छ भने करिव ४० हजार वरावरको औषधी उपचार सेवा बिमा रकमवाट हुने गरेको अस्पताल प्रशासनका प्रज्वल धिमिरेले गाउँले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ ।

अस्पताल रेङ्गकिङका लागि गरीका सुचाङकनहरु यस्ता रहेका थिए । (स्रोतः– कार्यक्रममा प्रस्तुत स्लाईटवाट लिईएको)

सुशासन र व्यवस्थापन:

टोकन प्रणाली

प्रत्येक विभागमा सेवा उपयोग स्थितिको प्रदर्शन

बिरामीको अधिकार र जिम्मेवारीको प्रदर्शन

सेवाको गुणस्तर मूल्याङ्कन गर्न QI उपकरणहरूको प्रयोग

अस्पतालको आफ्नै भवन

सामाजिक लेखापरीक्षण हुन सकेको छैन

विद्युतीय उपस्थिति

प्रत्येक दुई हप्तामा अन्तर-विभागीय बैठक

वित्त र चिकित्सा अभिलेख विभाग

इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड प्रणाली

HMSP फलोअपको उद्देश्यहरू

अस्पतालको हालको MSS मूल्याङ्कन गर्न

MSS कायम राख्न र सुधार गर्न अस्पताल व्यवस्थापन टोलीलाई उत्प्रेरित

संयुक्त मूल्याङ्कन र अवलोकनको लागि अवसर प्रदान

प्रतिक्रिया, कोचिङ र बाह्य टोली द्वारा साझेदारी

कार्य योजना बनाउन र कार्यान्वयन गर्न सहयोग प्रदान

चिसापानी अस्पतालको शक्ति

केन्द्रमा अवस्थित र राम्रो क्याचमेन्ट क्षेत्र

उत्प्रेरित कर्मचारीहरू

स्थानीय तहको सरकार अन्तर्गत

परामर्शदाता (MDGP) सेवाहरू

निदान/प्रयोगशाला भवन निर्माणाधीन

चिसापानी अस्पतालको उत्तम अभ्यास

सुशासन र व्यवस्थापन

अस्पताल विकास समिति गठन

नेभिगेसन

सीमित क्षेत्र भित्र उपलब्ध विभागहरूको समायोजन

नागरिक बडापत्र र निःशुल्क औषधि औषधिहरू राम्रोसँग प्रदर्शन गरिएको

केन्द्रीय बिलिङ प्रणाली

अन्तर विभागीय र कर्मचारी बैठक नियमित रूपमा सञ्चालन

CME सञ्चालन

उत्तम अभ्यास

क्लिनिकल सेवाहरू

पर्याप्त औषधि आपूर्ति संग सुसज्जित वितरण कोठा

प्रयोगशाला सेवा

विशेष क्लिनिक (सीमित स्थान भित्र)

अस्पतालहरूको आफ्नै फार्मेसी सेवा

USG सेवा

परामर्शदाता सेवाहरू

राम्रोसँग सुसज्जित आपतकालीन सेवाहरू

अनुभव र ऊर्जावान नर्सिङ टोलीको नेतृत्वमा प्रसूति, डेलिभरी र भित्री बिरामी सेवाहरू

अस्पताल समर्थन सेवा

स्थानीय सरकार द्वारा समर्थित एम्बुलेन्स सेवा

इन्टरकम नेटवर्क

प्रमुख क्षेत्रहरूको CCTV कभरेज

eLMIS रिपोर्टिङ प्रणाली

सीमित क्षेत्र भित्र लुगा धुने र CSSD अलग

क्लिनिकल:

ओपीडी सेवा विस्तार

केएमसी अध्यक्ष

अलग SAS इकाई

सर्जिकल सेवा (OT) (CEONC र अन्य सर्जिकल सेवाहरू)

दन्त सेवा

एक्स-रे कोठामा विकिरण रोक्नको लागि सीसा ढाल

पोस्टमार्टम सेवाहरू

विपद् पूर्वतयारी योजना

मादक पदार्थको रेकर्डिङ र व्यवस्थापन

पर्याप्त IEC/BCC सामग्री

डिफिब्रिलेटर

अस्पताल सहयोग सेवा:

प्रशिक्षित कर्मचारीहरु संग CSSD को सुदृढीकरण

अलग लुगा धुने र हाउसकीपिङ विभाग

मर्मत र रखरखाव (BMET)

पानी गुणस्तर परीक्षण

अस्पतालको फोहोर व्यवस्थापनमा कोचिङ र अभिमुखीकरण

HCWM दिशानिर्देश अनुसार फोहोर व्यवस्थापन

 

 

 

#अस्पताल  #ओपीडी  #प्रयोगशाला  #अस्पताल रेङ्गकिङ  #चिसापानी अस्पताल  #बर्दघाट नगरपालिका 

Leave A Reply

Your email address will not be published.