Jilla Ban Notis

नवलपरासीमा नेकपा एमाले वाहेक अन्य दलले उमेदवारको टुङ्गो लाउनसकेनन् ।

0 59

कृष्ण ढकाल
बर्दघाट,बैशाख–११
यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन वितिसक्दा पनि नवलपरासीमा नेकपा एमाले बाहेकका अन्य राजनितिक दलहरुले अझै सम्म आफ्ना उमेदवारहरुको टुङ्गो लगाउन सकेका छैेनन् ।

नेकपा एमालेले भने आज नै नवलपरासीका सात वटै पालिकाहरुमा आफ्ना उम्मेदवारहरुको टुङ्गो लगाएको छ। जस अन्तर्गत बर्दघाट नगरपालिकाको नगर प्रमुखमा धीरज शर्मा बस्याल र उप प्रमुखमा तारा रानालाई अघि सारेको छ । बस्याल यसअघि पनि नेकपा एमालेवाटनै नगर प्रमुख हुनु भएको थियो भने तारा राना नेकपा एमालेसंग राष्ट्रिय जनमुक्तिबाट चुनावी तालमेल गरेर आउनु भएको हो ।

उता
सुनवल नगरपालिकाको प्रमुखमा नेकपा एमालेले विमला अर्याल र उप प्रमुखमा सूर्य दुबे लाई अघि सारेको छ । त्यसैगरी रामग्राम नगरपालिकाको प्रमुखमा धनपद यादव र उपप्रमुखमा लक्ष्मी क्षेत्री ,सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बासमती हरिजन ,सुस्ता गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा इन्द्रकुमारी थरुनी लाई अघि सारेको छ । सुस्तामा भने अध्यक्ष र उपाध्यक्ष दुवै यसअघि पनि नेकपा एमालेवाट निर्वाचीत भएका थिए ।
यता
पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अफताब आलम अंसारी र उपाध्यक्षमा रिंगला यादव लाई नेकपा एमालेले अघि सारेको छ भने प्रतापपुर गाउँपालिकाको अध्यक्षमा खेमनारायण चौधरी र उपाध्यक्षमा थमसरा न्यौपाने (कमला)लाई अघि सारीएको नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बस्यालले बताउनु भएको छ । ७ स्थानीय तह रहेको नवलपरासी जिल्लामा २७ वटा राजनितिक दल दर्ता भएका छन्।

 

Leave A Reply

Your email address will not be published.